
नेपालको माओवादी आन्दोलन २०५२ साल फागुन १बाट सुरु गरिएको सशस्त्र विद्रोहसित जोडिएको छ । उक्त विद्रोहले कालान्तरमा नेपालको ८० प्रतिशत भूभाग आफ्नो प्रत्यक्ष र अप्रत्यक्ष प्रभावमा पारेको र त्यसलाई माओवादी जनयुद्ध नामाकरण गरिएको हो । २०५२ साल असोजको चुनवांग बैठकपछि त्यसले क्रान्तिका लागि कार्यनीतिक सिफ्ट भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यनीति अपनायो । यहा“ नेर बाबुराम र प्रचण्ड मूलतः प्रचण्डले क्रान्तिप्रति रुपमा निरन्तरताको कुरा गरे पनि सारमा क्रान्तिप्रति विश्वासघात र धोका दिएको यथार्थता बाहिर आएको छ । जनयुद्धको मध्यकालदेखि बाबुरामले आफूलाई संसदीय प्रणालीमा अभ्यस्त गराउने घोषणा गर्न थालेका र उनले त्यसका लागि सैद्धान्तिक तथा वैचारिक वोकालत गर्दै आएका थिए । अहिले त उनले खुलेरै माक्र्सवाद–लेनिनवाद–माओवादका विरुद्ध र विश्व साम्राज्यवाद खासगरी नेपालको सन्दर्भमा भारतीय विस्तारवादसित आत्ममसमर्पण गर्ने काम गर्दै आएका छन् । यद्धपि जनयुद्ध कालभरी स्वयम् प्रचण्डबाट उनीमाथि उक्त अरोप लगाइएको र तयसैका लागि उनीमाथि कारबाही स्मेत भएको भनेर उतीबेलै प्रचारमा नआएको कहा“ हो र ?
अहिले बाबुरामले माओवाद, जनयुद्ध र कम्युनिष्ट आन्दोलनआदिबाट पुरै अलग रहने घोषणा गरिरहेका छन् र उनले आफूलाई १०वर्से जनयुद्धका राम्रा र नराम्रा सबै नीति तथा कार्यसित विल्कुलै अलग राख्न चाहन्छन् र भन्दै छन् जनयुद्धको पीडित म र मेरो परिवार पनि हो । उनले यसो भनेर जनयुद्धका सहीदहरुको अपमान र माओवादी जनयुद्धका विरोधी शक्ति तथा व्यक्तिहरुको साहनूभूती लिन चाहन्छन् । अहिलेसम्म उनी अझै त्यसबाट अलग हुन सकिरहेका छैनन् । उनी एकप्रकारले भौतारिएका माओवादी भूतपूर्वक नेता बनेकाछन् । उनी अझै प्रचण्डकै नेतृत्वमा फर्केर जाने हल्ला पनि कम छैन् । उनको नामसित विवेकशील, साझा र उपेन्द्रको फोरम पनि जोडिएका छन् । तै पनि उनमा रहेका अन्य माओवादी पृष्ठभूमी भएका नेता तथा कार्यकर्ताको दवाव किन अन्त आफ्नै पुरानो पार्टी को जन्त भन्ने पनि छन् । हुनत के स्पष्ट छ भने बाबुराम प्रचण्डमानै फर्केर फेरी माओवादी शब्दसित जोडिन चाहादैनन् तर प्रचण्ड भने नबोलीकन त्यही काम गर्दै आएका छन् जो बाबुरामको कार्यदिशाले माग गर्दछ । भन्न त प्रचण्डले अझै क्रान्तिकारी एकता र क्रान्तिका विरुद्ध दक्षिणपन्थी घेराबन्दी भनेर भन्दै आएका छन् । तर स्थानीय नीर्वाचन उनले लिएको नीति र नीर्वाचन परिणामले उनी अब नेपाली जनताकै घेराबन्दीमा परेको प्रमाणित हुन्छ किनभने उनले जुन जनता र जुन वर्गको मुक्तिका लागि भनेर हजारौ नेपालीलाई सहीद बनाए आज तिनीहरुकै विरुद्ध लागेका वर्गीय शत्रुहरुसित सरकारका लागि हातेमालो गरेका छन् र पछिल्लो अवस्थामा आएर उनले परिवारका लागि नेपाली कांग्रेसको रुख चिन्हमा भोट माग्दै हिंडेको पनि देखियो । तालमेलको नाममा वर्गसमन्वय आजको प्रचण्डको सरकारमा जानका लागिको पछिल्लो कार्यनीति भएको छ र अझै पनि उनले क्रान्तिकारीहरु एकतावद्ध हुन पर्दछ भनिरहेका छन् । हुनत नेपाली कांग्रेससित चुनावी तालमृलको नाममा वर्गसमन्वयवादलाई अपनाउनेमा नेपाली कम्युनिष्टहरुमा प्रचण्ड एकला देखिएका छैनन् । क्रान्तिको विकल्प छैन् भन्ने नेकपा विप्लव समूह र करिव एक शताब्दी (८३ वर्ष) पारगरिहेका मोहनविक्रम सिंहसमेत नेपाली कांग्रेसको रुखचिन्हका लागि भोट माग्दै हिंडेको पाइयो । चुनावमा तालमेलको नाममा वर्गसमन्यवाद आज हरेक कम्युनिष्टभित्र मौलाएको छ । नेकपा(क्रान्तिकारी माओवादी)मात्रै एउटा यस्तो कम्युनिष्ट समूह देखिएको छ जसले वर्गसमन्वय होइन वर्गसंघर्ष नै क्रान्तिको आधार भनेर निर्वाचनलाई एउटा वर्गीय संघर्षको नीतिका रुपमा लिने घोषणा गरेको थियो ।
अहिले समग्र माओवादी आन्दोलन सिद्धान्त, विचार राजनीति र स्थानीय निर्वाचनको सन्दर्भमा मूलतः चार चीरामा बाडिएको छ,–प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बाबुराम नेतृत्वको नया“ शक्ति नेपाल । विचार, सिद्धन्त र अहिलेको स्थानीय नीर्वाचनमा लिएको नीति र सरकारलाई हेर्ने सवालमा प्रचण्ड र बाबुरामबीच खासै भिन्नता छैन् । यद्धपि प्रचण्ड र माओवादी केन्द्रका नेताहरुले क्रान्ति र क्रान्तिकारीहरुको बीच एकताको नारा दिन छाडेका छैनन् । रुपमा जे भएता पनि सारमा माके, नयां शक्ति नेपाल, उपेन्द्रको फोरम एमाले र कांग्रेसमा खासै भिन्नता छैन् । अहिले आएर मसालपनि त्यसको दुरी घटाउने कसरतमा देखिएको छ र प्युठानमा उसले पनि कांग्रेससित चुनावी तालमेल गरेका थियो । विप्लव नेतृत्वको पार्टीले पनि थवांगमा नेपाली कांग्रेससित चुनावी तालमेल गरेको पाइयो ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र बाबुराम नेतृत्वको नया“ शक्ति नेपालले संसदीय आहलमा पौडी खेल्ने मात्रै नभई समग्र संसदीय व्यवस्थाको नेतृत्व हाम्रा एजेण्डाको विजय हो, यद्धपि स्थानीय निर्वाचनमा हाम्रो हार भएको छ भन्न थालेका छन् । निर्वाचनको हारपछि प्रचण्डले उनको र अन्य माओवादी समूहको जनमतको व्याख्या गर्दै भन्दै छन्–“जनता माओवादीहरुबीचको एकता चाहन्छन्, त्यसैले सबै माओवादीहरु मिल्नुको विकल्प छैन् ।” किरण, बाबुराम र विप्लवआदि सबैलाई एकताका लागि उनले आव्हान समेत गरेका छन् । त्यसको प्रतिउत्तरमा नेकपा( क्रान्तिकारी माओवादी)का अध्यक्ष किरणले एउटा अन्तरवार्तामा भनेका छन्ः“प्रचण्डले अब नेपाली कांग्रेस, एमाले र राप्रपासित एकता गरे हुन्छ ।”त्यसैगरी विप्लवले पनि प्रचण्डको त्यो प्रस्तावलाई ठाडै अस्विार गरिदिएका छन् । यद्धपि उनको सत्ता साझेदारीको एउटा नीतिका कारण कुन बेला उनीपनि प्रचण्डको मायाजालमा पर्ने हुन भन्ने शंका मात्रै छैन्, उनले आफ्नो एकीकृत क्रान्तिको सिद्धान्तको एउटा महत्वपूर्ण तत्व–सत्ता साझेदारी भएको हु“दा सायद उनको यदि त्यो सम्भव भएमा प्रचण्डमात्रै नभई नेपाली कांग्रेस र एमालेसित पनि सरकारमा जाने सम्भावनालाई किरणले झै पुरै नकार्ने सम्भावना कम छ । तै पनि उनले अहिले धम्किकै स्वरमा भए पनि प्रचण्डको अझै क्रान्तिकारी बनीरहने अभिलाषामा बन्देज भने लगाएका छन् । र सिद्धान्ततः स्थानीय निर्वाचन वहिष्कार गरेको माओवादी आन्दोलनको उक्त समुहले सजिलरी प्रचण्डको आव्हानलाई सकारात्मक रुपले लिने सम्भावना देखिएको छैन् ।
२०७४ असारको अन्तिम हप्तामा नेकपा(क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक सकिएको छ । उक्त केन्द्रीय समितिको बैठकले एक मतले क्रान्तिको आवश्यकता र औचित्यतामाथि बहस गर्दै केही महत्वपूर्ण निर्णहरु गरेको छ । जसमा नेपालमा क्रान्तिकारीहरुको एकता र धु्रवीकरणका लागि आव्हन समेत गरेको छ । उसले स्पष्ट किटानीका साथ के भनेको छ भने माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली क्रान्तिको मार्गनिर्देशक सिद्धान्त मान्ने, नया“ जनवाद, समाजवाद हुदै साम्यवादमा जाने प्रक्रियालाई मान्ने, क्रान्तिमा बल प्रयोगको सिद्धान्त मान्ने, वर्तमान संविधानको खारेजीको समर्थन गर्ने, कुनै पनि प्रतिक्रियावादी सरकारमा नजानेहरुबीच पार्टी एकताको सम्भावना छ र त्यसका लागि पहलकदमी लिने निर्णय गरेको छ । यसरी स्थानीय निर्वाचनपछिको माओवादी आन्दोलन अब स्पष्टत दुई कित्तामा अगाडि बढने सम्भावना छ प्रथम नेपालमा क्रान्ति सम्भव छ र त्यसका लागि रणनीतिक र कार्यनीतिको विकास गर्दै अगाडि जाने मालेमावादी कार्यदिशा र दोस्रो नेपालमा अब शान्तिपूर्ण रुपमा संसदीय व्यवस्थाको सुदृढिकरण गर्दै देश विकासमा लाग्ने ख्रुश्चृभवादी प्रचण्ड–बाबुरामको कार्यदिशा हुने छ । रुपमा अनेक देखिएता पनि सारमा माओवादी आन्दोलन वर्गीय रुपले अब स्पष्ट दुई कित्तामा बाडिएको छ–सर्वहारा वर्गको मुक्तिका लागि निरन्तर क्रान्ति र दोस्रो दलाल पु“जीपति वर्गको पक्षमा विश्व साम्राज्यवाद र विस्तारवादका अगाडि विकासका नाममा आत्मसमर्पण र लम्पसारवादी मार्गको अवलम्वन ।
स्थानीय निर्वाचनपछि एउटा के निश्चित भएको छ भने सबै माओवादीहरुले आफूलाई अब प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले नेतृत्व गरेको संसदीय व्यवस्थाको मार्ग तर्फ झन झन बसिभूत गराउदै लैजान्छन् कि किरण नेतृत्वको क्रान्तिकारी माओवादीले अगाडि सारेका भावी क्रान्तिका लागि एकता र धु्रवीकरणका आधारहरुलाई सकारात्मक तरिकाले गम्भीरताका साथ आ–आफ्नो स्थानबाट प्रतिक्रिया दिन्छन् त्यसमा नेपालको भावी माओवादी माओवादी आन्दोलनको निरन्तरता अन्तरनिहित छ ।
hukumsingh2012@yahoo.com































