काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले आफ्ना मागको सुनुवाई नगरेको भन्दै ललितपुरको ग्वार्को स्थित वि.एन.वि नर्सिङ कलेजमा तोडफोड गरेको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार उक्त कलेजका झ्याल, ढोका, फर्निचर र ल्याबका सामान माथि गम्भीर क्षति पुगेको कजेल प्रशासनले जनाएको छ । उक्त घटनाबारे अखिल क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

घटना स्थलमा भेटिएको पर्चा अनुसार उक्त नर्सिङ कलेजमाथि कारबाही गर्नुका बाध्यात्मक कारणहरु यसरी उल्लेख गरिएको छ ः

१) एउटै हाताभित्र दुई भिन्न भिन्न विश्वविद्यालयको सम्बन्धन लिई संस्था संचालन गरी शिक्षा ऐन ठाडो उलंघन गरेकोले

२) छात्रवृति पाएका विध्यार्थीबाट विभिन्न शिर्षकमा शुल्क जबर्जस्ती लिएकोले

३) नर्सिङ अध्ययन गर्नका लागि विध्यार्थीहरुबाट चर्को शुल्क लिएकोले बारम्बार अनुरोध गर्दा पनि कलेज प्रशासनले बेवास्ता गरेको कारणले गर्दा हामी यो कदम उठाउन बाध्य भएका हौं ।

प्राप्त पर्चामा ‘अखिल (क्रान्तिकारी)–जिन्दावाद ! नेकपा (क्रान्तिकारी माओवादी)– जिन्दावाद !’ उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर