काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का काठमाडौं जिल्ला सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला संयोजक थमानसिं तामाङ निलम्बित भएका छन् ।
पाटी हितविपरित कार्य गरेको पाइएपछि छानविन गर्न सहजताका लागि भन्दै उनलाई निलम्बित गरिएको क्रान्तिकारी माओवादी जिल्ला संयोजक शारदा महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा पार्टीका जिम्मेवार साथीहरुको किर्ते हस्ताक्षर गरी टुरिजम बैंक, ठमेल शाखाबाट रकम निकालेको, स्पष्टिकरणका लागि कार्यालयमा बोलाउदा उपस्थित नभएको, पार्टी केन्द्रीय कार्यालयद्वारा सञ्चालित कुपन अभियान अन्तर्गतको ८ प्याड कुपन बुझाउन अस्वीकार गरेको, सदस्यता नविकरण गरेकाहरुको फारम नबुझाएको र गुटबन्दीमा सामेल भएको उल्लेख गरिएको छ ।






























