
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्गटारमा यात्रुबाहक बस पल्टिएर दुर्घटना हुँदा नेपाल प्रहरीका जवान, उनकी तीन महिनाकी छोरी र बस चालकको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । ना ६ ख २४६८ नम्बर बस दुर्घटना हुँदा केन्द्रीय प्रहरी विशेष कार्यदलमा कार्यरत प्रहरी जवान राज कुमार थारु र तीन महिने छोरी र बल चालक दिनेश रानामगरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तनहुँको आँबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा पठाएका पाँचजना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको थियो । तीमध्ये मृतक थारुकी श्रीमती गम्भीर घाइते रहेको छ । घाइते अन्य तीनजनाको अवस्था भने सामान्य रहेको छ । बस तीव्र गतिमा भएकोले पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।



