सप्तरी । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका सप्तरी संयोजक सूर्य नारायण चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै सप्तरीका बाढी पीडितहरुको उद्धार तथा पुनस्र्थापनाको काममा सहयोग गर्न सरकार तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय संघसंस्था समक्ष हार्दिक अपील गरेका छन् ।
मंगलबार जारी गरिएको विज्ञप्तिको पूर्णपाठ यस्तो छ ः
“यही असार १८ गतेदेखि भइरहेको अवीरल बर्षाका कारण सप्तरी जिल्लाका दर्जनौं गाउँ डुवानमा परेका छन् । घर समेत डुवानमा पर्दा बासस्थानको अभावमा जनता सडक किनारमा आएर बस्न बाध्य छन् । वर्षाको कारण खाँडो, त्रियुगा, झिता, विहुल, बलान, महुली, दुधैलापैनी लगायतका खोलामा आएको बाढीले गाउँ घर खेतबारी डुवानमा परेर रुपनीको पौवा, मुसहरनीया, पिप्राही, बसबिट्टी, मलेठ, पकरी, लौनियाँ, तिलाठी, सकरपुरा, मैनाकडेरी, त्रिकौल, त्रिहुत, रम्पुरा मल्हनियाँ, लोहजरा, पोर्ताहा लगायतका गाउँहरु डुवानमा परेका छन् । बाढी पीडितहरु बास तथा खाना नपाएर भोकभोकै बिचल्लीमा परेका छन् । गाई, भैसी, बाख्रा आदि बाँध्ने ठाउँ छैन । बालबालिका, बुढाबुढी, अपाङ्ग तथा सुत्केरीहरुलाई जोगाउन निकै गाह«ो परिरहेको छ ।
यस संकटबाट उद्धार गर्न सरकारी पक्ष तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई आग्रह गर्दै बाढी पीडितहरुलाई उद्धार तथा पुनस्र्थापनाको काममा सहयोग गर्न अनुरोध गर्दछौं । जिल्लाबासीहरुले संकटापन्न जिल्लाबासीहरुलाई सम्भव भएसम्म सबै प्रकारको सहयोगको निम्ति अपील गर्दछौं । संकटमा परेका जिल्लाबासीहरुलाई धैर्य र साहसका साथ बाढीको बेला र बाढी पश्चात्को स्थितिमा उत्पन्न हुन सक्ने स्वास्थ्य सम्बन्धी समस्यामा सचेत र सतर्क रहन समेत आग्रह गर्दछौं ।”