इन्धनको मुल्य घट्यो

इन्धनको मुल्य घट्यो

काठमाडौ । आयल निगमले आज आइतबार राती १२ बजेदेखि लागु हुनेगरी इन्धनको मुल्य घटाएको छ ।

निगमका अनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेलमा २, मटितेलमा २ र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ ।

नयाँ मुल्यअनुसार प्रतिसिलिन्डर ग्यासको मुल्य १३ सय ५० रुपैया पर्नेछ । हाल १३ सय ७५ रुपैयामा कारोबार हुन्थ्यो ।

यस्तै, अबको नयाँ मुल्य अनुसार पेट्रोल ९८ रुपैयाँ, डिजेल ७४ रुपैयाँ, मटितेल ७४ रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) ८४ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) ७३ रुपैयाँ प्रति लिटरको पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोल सय रुपैयाँ, डिजेल ७६, मटितेल ७६, हवाई इन्धन आन्तरिकतर्फ ८६ र अन्तर्राष्ट्रियतर्फ ७७ रुपैयाँमा बिक्री हुन्थ्यो ।