बस दुर्घटना हुँदा २ को मृत्यु

बस दुर्घटना हुँदा २ को मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका स्थित ठूलोसिरुबारीबाट काठमाडौं आउँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा जुध्दा २ जनाको मृत्यु भएको छ । चौतारा साँगाचौकगढी–१३ का ५ वर्षीया सुजाता नेपालीको मृत्यु भएको छ भने अर्का मृतकको सनाखत हुन सकेको छैन । बसमा सवार ४० जना यात्रु मध्ये ४ जना गम्भीर र ३० सामान्य घाइते छन् ।
बा २ ख २७०२ नम्बरका यात्रु बस र बा ६४ प ३०२६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । साँघुरो बाटोमा एकले अर्कोलाई उछिन्ने होडबाजीमा दुर्घटना परेको प्रहरीले जनाएको छ । दुर्घटना भएलगत्तै उद्धार गरी गम्भीर घाइते भएकाहरुलाई अस्पताल लगिएको छ ।