नुवाकोट । नुवाकोट विदुर नगरपालिकामा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । एक जना मोटरसाइकल र अर्काे एक जना कारखानामा भएको छुट्टा छुट्टै दुर्घटनामा परी मृत्यु भएको हो ।
वडा नं ७ का विष्णुमाया भुजेललाई मोटर साइकले ठक्कर दिँदा मृत्यु भएको हो । ७५ वर्षीय भुजेललाई शुक्रवार साँझ धादिंग गजुरी–५ का ३० वर्षीय सीताराम सुवेदीले त्रिशुली आइरहेको बेला ठक्कर दिएको प्रहरी श्रोतले जानकारी दिएको छ ।
सुवेदी र उनको बा ७९ प ७५७ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, विदुर नगरपालिका–४ का वर्ष ५० का मानबहादुर तामाङको पनि शुक्रवारै करेन्ट लागी मृत्यु भएको छ । आफ्नै काठ मिलमा धुलो जम्मा गरिरहेको अवस्थामा करेन्ट लागेको थियो । अस्पतालमा उपचारको क्रममा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।