कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा

कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा

फाइल फोटो

काठमाडौं । कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा प्रकाशित हुने भएको छ । सरकारले साउन ११ गते कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ ।
गत जेठ २७ र २८ गते भएको परीक्षामा परिक्षार्थीहरुको गलत संकेत नम्बर प्रकाशित हुँदा धेरैको परिक्षा छुटेको थियो । त्यसबेला एसियन इन्स्टीच्युट अफ टेक्निोलोजि एण्ड म्यानेजमेन्ट, खुमलटारमा परीक्षा दिनुपर्ने ७ सय १० जना परीक्षार्थी परीक्षा दिनबाट बञ्चित भएका थिए ।
परिक्षा छुटेका परिक्षार्थीहरुको परीक्षा सिभिटी अर्थात् अनलाइन प्रविधिबाट परीक्षा हुने भएको छ । असार २१ गतेदेखि २९ गतेसम्ममा तीन सिफ्टमा परिक्षा सञ्चालन हुने इपिएस परिक्षा शाखाले जानकारी दिएको छ । नयाँ र पुरानो दुबै परिक्षाको नतिजा आउने साउन ११ गते एकै पटक प्रकाशित हुने शाखाले जानकारी दिएको छ ।
यो वर्ष आवेदन भरेका साढे ७५ हजार मध्ये ६८ हजार जतिले परिक्षा दिएका थिए । त्यस मध्ये ४ हजार जना उत्पादनको क्षेत्रमा र ६ हजार २ सय कृषिमा गरी जम्मा १० हजार २ सय जना छनौट हुनेछन् ।