माक्र्सवादले युगौंदेखिको रीति–रिवाज, राजनैतिक दाउपेच, जटिल कानुनहरु, धूर्त विद्याहरुको पर्दा पछाडि लुकेर रहेको वर्गसंघर्ष, विभिन्न सम्पन्न वर्गहरु र गरिब जन–समूह बीचको संघर्ष, त्यस सर्वहारासँग, जसले समस्त गरिब जनताको नेतृत्व गर्दै आएको छ परिचित हुन मद्दत ग¥यो । निश्चितै रुपमा आज त्यो शक्ति अर्थात सर्वहारावर्गीय नेतृत्वको विश्व कम्युनिष्ट आन्दोलनमा शिथिल्लता आएको छ । यसको माने यो होइन कि माक्र्सवादले जुन क्रान्तिकारी कम्युनिष्ट पार्टीको वास्तविक उद्देश्य स्पष्ट पारेको छ– त्यो उद्देश्य समाज पुनः निर्माणसम्बधी योजनाहरुको रचना होइन, फेरि त्यो उद्देश्य ती सामन्ती, पँुजीपति र तिनका भरौटेहरुलाई मजदुर किसान तथा सम्पूर्ण श्रमजीवि जनताको अवश्थामा कसरी सुधार गर्ने भन्नेबारे उपदेश होइन, त्यो षडयन्त्रहरुको रचना पनि होइन, हो त सर्वहारावर्गद्वारा वर्गसंघर्षको आयोजना र त्यस सङघर्षको नेतृत्व, जुन सघर्षको अन्तिम लक्ष सर्वहाराद्वारा राजनैतिक सत्तामाथि कब्जा गरी नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादी समाजको निर्माण । हामीले गर्न खोजेको नयाँ जनवादी आन्दोलन समस्त जनवादीहरुको लागि हो । यद्यपि यो जनवादी आन्दोलन भन्नाले पुँजीवादी आन्दोलन नै हो तर जनवादी आन्दोलनको सार पुँजीवादी वा कुनै पनि पुँजीपतिहरुको मनोमानिले चल्ने होइन र त्यस्तो मनोमानि नेता चल्नेवाला छैन । जनवादकोे अर्थ हो सर्वहारा अधिनायकवाद अर्थात् शोषित पीडित, देशभक्त आमजनता तथा राष्ट्रिय पुँजीपतिहरुको साझा मञ्च हो र साझ सम्पत्ति । नयाँ जनवादी आन्दोलनबाट सिर्जना गर्ने र हुने नयाँ जनवादी राज्य–व्यवस्थाभित्र पूर्णतया सर्वहारा अधिनायकवाद लागू हुनेछ र गरिनेछ । यस व्यवस्थाभित्र दलाल पँुजीपति, नोकरशाही तथा सामन्तवादी प्रतिक्रियावादीहरुको कुनै किसिमको बोलवाला चल्ने छैन बरु उनीहरुमाथि कडाइकासाथ सर्वहारा अधिनायकवाद लागू गरिनेछ र हुनेछ । यसो भनेर फेरि राष्ट्रिय पुँजीपतिहरुमाथि सर्वहारा अधिनायकवाद लागू गर्ने र हुने होइन ।

क्रान्तिकारी कम्युनिष्टहरु माक्र्सको सिद्धान्तलार्ई एकदम सम्पूर्ण र पवित्र ठान्दैन । बरु यसको उल्टो, क्रान्तिकारीहरु यसमानेमा विश्वस्त छन् कि माक्र्सवादले त्यस विज्ञानको मात्र जग हालेको छ, जसलाई क्रान्तिकारीहरुले, यदि उनीहरु जीवनमा पछि पर्न चाहन्दैनन् भने सर्वत्तोमुखी विकास गर्नुपर्छ । जसले यसो गर्दैन उ जीवनमा सदा पछाडिको पछाडि नै रहिरहन्छ कहिल्यै अगाडि बढ्न सक्तैन ।

दुनियालाई जान्न र बुझ्ने मात्र होइन, दुनियाँलाई बदल्ने त्यस विज्ञानलाई विकसित तुल्याई अगाडि बढाउन क्रान्तिकारी कम्युनिष्टहरुलाई इच्छापत्र माक्र्स र एङ्गल्सले छोडेर जानु भएको थियो । जसलाई आ–आफ्नो देश, काल र परिस्थितिलाई सर्वहारा वर्गका महान नेता भ्ला.इ.लेनिन र माओ त्से तुङले आफु अनुकूल अर्थात् क्रान्तिको अनुकूल बनाई, क्रान्तिकारी विज्ञानलाई त्यतिबेलाको आवश्यकता अनुरुप विकसित तुल्याई समाज परिवर्तनका उपादेयता सावित गर्दै २०औं शताब्दीका महा–नायक बन्न पुगेका थिए । त्यसै विज्ञानलाई आजको आवश्यकता अनुरुप अरु विकसित तुल्याई अगाडि बढाउन माक्र्सवादको विकसित रुप माक्र्सवाद–लेनिनवाद–माओवादले हामीलाई इच्छापत्र छोडेर गएका छन् । यसको अर्थ अवश्य पनि यो होइन कि मालेमावादको पदचापलाई यान्त्रिक रुपले पछयाउनु, हो त माक्र्सवाद–लेनिनवाद–माओवादलाई आजको आवश्यकता अनुरुप विकसित तुल्याई सोहि अनुरुप देश, काल र परिस्थितिलाई क्रान्तिमा रुपान्तरण गरी अग्रगामी छलाङ मार्नु हो । अर्थात् वहाँहरुले प्रतिपादन गर्नुभएको सिद्धान्तप्रतिको दृढता र क्रान्तिप्रतिको कठोर अनुभवहरुलाई आत्मासाथ गर्दै हाम्रो देश नेपालको वर्तमान वस्तुस्थितिले माग गरे अनुरुप मालेमावादी क्रान्तिकारी विज्ञानलाई आजको आवश्यकता अनुरुप व्यवहारतः कार्यक्षेत्रमा उतार्नु क्रान्तिकारीहरुको दायित्व हो ।

त्यसो त माक्र्सवादी विज्ञानको सिर्जनशीलतालाई सुरुदेखि आजसम्म अनवरत रुपले ध्वस्त पार्ने काममा संशोधनवादीहरु वर्नस्टीन, प्लेखानोवदेखि ख्रुस्चोभ र ल्यू साओ चि र यिनीहरुकै अनुयायीहरु नेपालका केशरजंग रायमाझी र तुल्सीलालहरु नलागेका हैनन्, लागेकै हुन् । अहिले पनि तिनीहरुकै अनुयायी नवसंशोधनवादी प्रचण्ड र बादलहरु जस्ताहरुले, क्रान्तिकारी कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्टहरुमा टुट्फुट र छिन्नभिन्न पार्न उनीहरुले पुराना सिद्धान्तहरुका अधुरा सुत्रहरु उधारो लिएर सर्वहारावर्गका कट्टर सत्रुहरु, ती सरकार र वुर्जुवा पार्टीहरुसँग साँठगाँठ गर्ने उपदेश दिने, जो क्रान्तिकारी कम्युनिष्टहरुलाई सताउन नयाँ नयाँ स्रोत र साधनहरुको खोजीमा लागिरहेका छन् ।

हामीले गर्ने जनवादी क्रान्ति कतै लुकीचुरी, ढाँटछल गरेर हैन, नेपालमा हिजोका दिन त्यो ऐतिहासिक दस वर्षीय जनयुद्धका प्रमुख नेतृत्वको गद्दारीले गर्दा बिच बाटोमा त्यतिकै अलपत्र परी अधुरो रहिरहेको छ । त्यो नयाँ जनवादी क्रान्तिलाई पूर्णतामा परिणत गर्ने काम क्रान्तिकारीहरुको काँधमा छ । जसको सार सर्वहारवर्गको संघर्षको आयोजना र यस संघर्षको नेतृत्व हो, सर्वहारावर्गको वर्गसंघर्ष आर्थिक संघर्ष, फेरि यो आर्थिक संघर्ष ती नवसंशोधनवादीहरुले भन्ने गरेको आर्थिक संघर्ष दलाल पुँजीपतिहरुको भरण, पोषण र तिनिहरुकै हितार्थ गर्ने आर्थिक संघर्ष जस्तो होइन । जुन संघर्षको आन्तिम उद्देश्य हो– सर्वहारावर्गद्वारा राजनैतिक सत्ता प्राप्ति र यसैको माध्यमबाट समाजवादी समाजको निर्माण गर्ने हो ।

सर्वहारावर्गको वर्गसंघर्ष आर्थिक संघर्ष मजदुरवर्ग किसान तथा शोषित पीडित आम जनसमुदायको अवस्थामा सुधार ल्याउनको लागि सामन्त तथा दलाल पुँजीपतिहरु अथवा दलाल पुँजीपतिहरुको अलग अलग गुटहरु, सामन्तहरु, नोकरशाहि तथा प्रतिक्रियावादीहरु विरुद्ध संघर्ष र राजनैतिक संघर्ष भन्नाले जनताको अधिकारलाई व्यापक बनाउनको लागि अर्थात् संघीय जनगणतन्त्रको लागि, सर्वहारावर्गको राजनैतिक शक्ति व्यापक बनाउनको लागि दलाल पुँजीपति, नोकरशाही र सामन्तवर्गहरुको कब्जामा रहेको प्रतिक्रियावादी राज्य सत्ताको विरुद्ध चलाइने संघर्षमा विभाजित हुन्छ । हिजोका क्रान्तिकारीहरु जो आज नवसंशोधनवादमा पटन हुन पगेका ती नवसंशोधनवादीहरु आर्थिक संघर्ष नै एक मात्र प्रमुख र अत्यावश्यक ठानछन् र राजनैतिक(जनवादी क्रान्ति) संघर्ष पुरा(सफल) भइसकेको छ र राजनैतिक संघर्ष अहिलेको आवश्यकता होइन । यस्तो दृष्टिकोण पूर्णतः गलत छ ।

क्रान्तिकारीबाट प्रतिक्रान्तिका नायक बनी खलनायकमा परिणत हुनपुगेका ती नवधनाढ्य पुँजीपतिवर्गका कट्टर हिमायती र तिनका भरौटे यी कम्युनिष्ट (माक्र्सवाद–लेनिनवाद–माओवाद)को वाक्लो खोल ओडेका प्रचण्ड नेतृत्वको सरकारले वर्गीय दुश्मनहरुको साँठगाँठमा संसदबाट ल्य ध्यचप ल्य एबथ जस्तो कालो नियम पारित गरी मजदुरहरुको विशुद्ध राजनैतिक अधिकार अर्थात् मजदुरहरु स्वतन्त्र रुपमा सभाहरु र युनियनहरु आयोजना गर्ने, आफ्नो अखबार निकाल्ने र जनसभाहरुमा आफ्नो प्रतिनिधिहरु पठाउन पाउने जस्ता सबै अधिकारबाट बन्चित गरी मजदुरहरुलाई पुरै भाडाका टट्टु बनाउने धृष्टता साथ उत्रेर ती हिजोका तमाम् जन–विरोधी सरकारहरुलाई उछिन्न पुगेका छन् । उता वर्गीय दुश्मनहरु आपूm यसरी उछिनाइमा पर्नु परेता पनि हर्षित नै देखिन्छ । किनभने यस सरकार र यसका हिमायतीहरुको मूल मक्सद भन्नु नै मजदुरहरुको ध्यान आफू उत्पीडित एवं अधिकारविहीन भएको अवस्थाप्रति आकर्षित हुन नपाओस् र हरहमेसा काममा मात्र जति रहून् भन्ने हो ।

मजदुरहरुमाथि अइपरेको यो बज्रपात विरुद्ध सबै क्रान्तिकारी जनवादीहरु एकजुद्ध भई, मजदुरहरुको आर्थिक एवं राजनैतिक संघर्षलाई सङ्गठित पार्नु जरुरी छ, र यसै आधारमा मजदुरहरुबीच प्रचार कार्य चलाउँदै मजदुरहरुलाई उनीहरुका मालिकहरुसँगको दैनिक संघर्षमा मद्दत पु¥याई, उत्पीडनका प्रत्यक रुप र प्रत्यक प्रश्नप्रति मजदुरवर्गको ध्यान आकर्षित गर्र्नुपर्छ र यस प्रकारले उनीहरुलाई एकताको आवश्यकता बुझाउनु पर्छ ।

भन्न त यहाँ बहुदलीय प्रतिस्पर्धात्मक प्रजातान्त्रिक संघीय राज्यव्यवस्था भनि टोपलिएको छ र जनविरोधी संविधानमा पनि संघीय राज्य हुनेछ भनि उल्लेख गरिएको छ । र पनि ती कथित तिन ठूला दलीय सिन्डिकेटले संघीयतालाई धज्जी उडाउँदै स्थानीय चुनाव सम्पन्न गर्न पुगेका छन् । उनीहरुले उत्कृष्ट भनिएको संविधानमा उल्लेखित संघीय राज्यव्यवस्थाको मूल्य र मान्यता मान्ने हो भने पहिलो चुनाव केन्द्रको दोश्रो प्रादेशिक र तेस्रोमा स्थानीय हुनुपथ्र्यो । यसो नगरी सोभैm स्थानीय चुनावमा जानुको सोझो अर्थ हो तीन दलीय सिन्डिकेटलाई संघीयता अमान्य हुनु नै हो । आजसम्म नेपालको राजनैतिक वृत्तमा यस्तो स्थिति देख्नु र हुनुमा कुनै आनौठो र आश्चर्य मानी बस्नु आपैmमा अनौंठो ठहरिन जान्छ । किनभने हिजोको दिनमा यहाँ एकतन्त्रीय निरकुंश राजतन्त्रीय केन्द्रिकृत एकात्मक राज्य–व्यवस्था थियो । त्यतिखेर राजा एक्लैले नियम कानुन बनाउँथे, अधिकारीहरु नियुक्त गर्थे र उनीहरुमाथि नियन्त्रण राख्थे । तसर्थ यस्तो देखिन्थ्यो कि नेपालमा राजा र राजतन्त्रीय(सरकार) शासन कुनैपनि वर्गमाथि निर्भर छैन र सबैको समान रुपले हेरविचार गर्छ । तर त्यसो होइन, व्यवहारमा चाहिं सबै अधिकारीहरु सम्पन्न वर्गबाट मात्र लिइन्थ्यो । र, सबै ठूल्ठूला सामन्तीहरु यसरी राजा र सामन्तीहरु बिच आन्तरिक मिलिभगतको आरम्भ रोसामा ती सामन्तीहरुले अधिकारीहरु(मन्त्रीहरु)लाई आफ्नो ईशारामा नचाउँदै आफ्नो ईरादा अनुरुप क्रियाशिल गराउँथे । र, यसरी नै तिनीहरुले सिंगो देशलाई आफ्नो बपौती भैंm गरी आमजनतामाथि मनोमानि ढङ्गले निर्धक्क भई दोहोरो तेहोरो शोषण दमन लादेर मोजमस्तीमा रमाउने गर्थे र त्यो स्थिति अहिलेसम्म पनि यथावत कायम छ, खास कुनै फेरबदल भएको छैन ।
फेरबदल भएको छ त हिजो देशमा श्रीपेचवाला एउटा मात्र राजा हुने गथ्र्यो । तर अहिले श्रीपेच बेगरका टोपीवाला कथित बडेराजा(ठूला राजा) ३ र एक छोटे राजा अर्थात् तिन बडेराजा (ठूला राजा) भन्नाले (१) नेपाली कांग्रेस (२) एमाले (३) माओवादी केन्द« (४) छोटा राजा भन्नाले राप्रपा । यी परजीवि बडे राजाहरुको निकृष्ट सोंच र व्यवहारले गर्दा आज देशको राष्ट्रिय स्वाधीनतामाथि ठूलो खतरा मडारिरहेका छन् भने जनगणतन्त्र र जनजीविका त भनिन सक्ने स्थितिबाट गुज्रँदै छन् ।

यी नै दलका परजीवि सरकार र यिनकै आसेपासे दलाल पुँजीपति र जमिन्दारहरुले देशका तमाम् मजदुर, किसान, श्रमजीवि आमजनतालाई निर्धक्क भई लुटिरहका छन् र यिनीहरुको विरुद्ध संघर्ष नगरोस् भनेर पुलिसले उनीहरुको टाउकामा डण्डा बजार्न लगाइराखेका छन् र मुखमा बुजो लाइदिने मनसायका साथ, जनताको आफ्नो अधिकारको लागि गरिने प्रत्येक आन्दोलन(प्रयास)लाई कुल्चिन्दै आएका छन् ।

यस्तो स्थितिलाई चिर्दै अब हामीले जनताको थोरै मात्रामा भए पनि चेतनशील समस्त स्तरहरुमा राजनैतिक प्रदर्शनको तिर्खा जगाउनु पर्छ । अहिले राजनैतिक प्रदर्शनकारीका स्वरहरु यति कमजोर र काँतर छन् भन्ने कुराबाट हामी हिचकिचाउन हुन्न । यसको कारण, अरु जे भए पनि पुलिस तानशाही अगाडि नतमस्तक हुनु चाहिं अवश्य होइन । कारण के हो भने, योग्य र प्रदर्शन गर्न तैयार मानिसहरुसंग मञ्च छैन । जसबाट तिनीहरु बोल्न सकुन, वक्ताहरुलाई सुन्ने र तिनीहरुलाई प्रोत्साहन दिने श्रोतागण छैनन) अर्थात् भित्रै दीलदेखि क्रान्तिमा होम्न (सम्लग्न हुन) चाहने र हुने वर्ग निम्न वर्ग र गरिब किसानसम्म पार्टीको संगठनात्मक संरचना पुग्न नसकेको, सर्वहारावर्गमा पुग्नु त अझ टाढाको कुरा, पार्टीको संगठनात्मक संरचना आजसम्म पनि भन्नु नै पर्दा मध्यम वर्ग तथा मुस्किलले निम्नमध्यम वर्गीय गोलचकरमा रुमल्लिरहेको जस्तो स्थिति छ । यस्तो स्थितिबाट निर्भिकतासाथ माथि उठ्नै पर्छ र पार्टीलाई सर्वहारावर्गको अग्रदस्ताकै रुपमा खडा गरी क्रान्तिकारी सर्वहारावर्गको अग्रदस्ता नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आफ्नो राष्ट्रिय दायित्वबोधका साथ, हिजोको त्यो ऐतिहासिक दश वर्षीय जनयुद्धका प्रमुख नेतृत्वको गद्दारीले गर्दा बिच बाटोमा त्यतिकै अधुरो र अलपत्र पारी छोडेको नयाँ जनवादी क्रान्तिलाई टुङगोमा पु¥याई जस मार्पmत् देशमा समाजवादी समाज निर्माण गर्न ती परजीवि सत्तासिनहरुको राष्ट्र र राष्ट्रियताप्रतिको गैरजिम्मेवारी हर्कतबाट सिर्जित राष्ट्रिय संकट विरुद्ध, देशमा छरिएर बसेका तमाम् क्रान्तिकारी कम्युनिष्टहरु, देशभक्त वाम्पन्थीहरु तथा शोषित पीडित आम¬–जनसमुदायलाई एकताबद्ध पारी नयाँ जनवादी क्रान्तिको पहलकदमी लिनु क्रान्तिकारीहरुको नैतिक दायित्व हो र यो आजको राष्ट्रिय आवश्यकता पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर