पाल्पा । आज हुँदै गरेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भोट हाल्न जाने क्रममा दूई वृद्धको मृत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका अन्तर्गत यम्घामा मतदानमा सहभागी एक एक वृद्धको निधन भएको छ । बगनासकाली अन्तर्गत यम्घाको अरनिको मावि केन्द्रमा मतदानका लागि जाँदै गर्दा ८४ बर्षीय पूर्णचन्द्र भट्टराईको निधन भएको थियो । दम बढेर निधन भएको हुनसक्ने प्रहरीले जनाएको छ । मुख्य निर्वाचन अधिकृत भरतमणी खनालका अनुसार मतदान गर्न ल्याउँदै गर्दा अचानक श्वासप्रस्वासमा समस्या देखिएको केही समयपछि उनको निधन भएको भएको हो । यसैबीच झापाको दमक–९ मा मत खसाल्न गएका ८२ बर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको छ । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा मतदान गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मतदानका लागि नाम रुजु गराउँदै गरेको अवस्थामा उनी बेहोस भई ढलेका थिए । पारिवारीक स्रोतका अनुसार उनी मुटु रोगका विरामी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर