देजमो सप्तरीको सुरुङ्गा नगरको अध्यक्षमा बद्री परियार

देजमो सप्तरीको सुरुङ्गा नगरको अध्यक्षमा बद्री परियार

सप्तरी । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको एक भेलाले सप्तरीको सुरुङ्गा नगरपालिकाको अध्यक्षमा बद्री परियारलाई निर्वाचित गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य तथा मिथिला राज्य इन्चार्ज कृष्णदेव सिंह दनुवार र देजमोका कार्यालय सदस्य कमल चौधरीको मुख्य उपस्थितिमा सम्पन्न उक्त भेलाले मोर्चाको नगर सचिवमा जगत सुन्दर विकलाई सचिवमा निर्वाचित गरेको छ भने सदस्यहरुमा धनेश्वर चौधरी, बलिकान्त चौधरी, सुष्माकुमारी लोहनी, रेवती प्रसाद चौधरी, शर्मिला चौधरी, कारी सदा, रामदेव विकलगायत रहेका छन् । ११ सदस्यीय कमिटि निर्माण गरेको उक्त भेलामा पार्टीका केन्द्रीय सल्लाहकार तथा देजमो सप्तरी संयोजक सूर्यनारायण चौधरीलगायत नेताहरुको उपस्थिति रहेको थियो ।