यो असार, म जन्मेको मैनो हो । मलाई जन्माउने आमा हो बर्गदृष्टी । बाउ त मेरो पार्टी भैगयो । मेरो जन्मदिनको बारेमा मलाई र मेरो आमा–बाउलाई हार्दिक बधाई र उत्तर उत्तर प्रगतिको शुभकामना छ । मलाई जन्माउन त उनीहरूले जन्माए तर न्वारान गरेर नाउँ चाहीँ म आफै राखेको हुँ । मेरो नाउँ त सबैलाई थाहै छ कैलुब्राह । त्यतिबेला हाम्रो पार्टीबाट हुतिहारा, धोकेबाज र ‘लिनप्याओवादी’हरूको ठूलै बथान ‘भारतीय दलाल र लाल गद्दार’ को जुठो चाट्न माकेतिर छिरेका थिए । (यो लिनप्याओवादी मेरो भनाई होइन, माकेका सुप्रिमोको भनाई हो भने लाल गद्दार र भारतीय दलाल पनि मेरो भनाई नभएर २०७० को चुनाउको बहिष्कार गर्दा तिनै लिनप्याओवादी भनिएकाले साटो फेर्न मिस्टर सुप्रिमोलाई भनेको भनाई हो ।) बचेका हामी क्रान्तिकारीहरूको राष्ट्रिय भेला थियो । त्यहीबेला एउटा पत्रिका निकाल्ने सल्लाह भएछ । मलाई सम्पादक महोदयहरूबाट पत्रिकामा एउटा स्तम्भ लेखिदिनु परो भनेर अफर आयो । मैले सहर्ष स्वीकारेँ । मैले व्यङ्ग्य लेख्छु तर मेरो हुलिया कसैलाई नबताउनुहोला । यदि बताउनुभो भने त्यसदिनबाट म लेख्न छोडिदिन्छु भनेर सर्त रोखेँ ।
झर्रोटर्रो लेख्न थालेको पनि आजबाट ठ्याम्मै बर्सीको बुटो नाघेछ । दिन पनि कति छिटो बित्छ कुन्नी ? आजबाट दोस्रो खुड्किलोमा टेकियो । फर्केर हेर्दा यो एक बर्समा ४९ वटा तिताटर्रा कुरा लेखिएछ । जे देखियो त्यही लेखियो । कसैका बाउको केही खाइएको छैन । त्यही भएर डराउन पनि डराइएन । अब पनि डराइन्न । कम्युनिस्ट राजनीति गरेको पनि पैँतीस बर्स पुगेछ । कसैले कम्निस्ट बन् भनेर बनिएको पनि हैन । कम्निस्टले सत्य बोल्छन्, सही काम गर्छन्, छलछाम गर्दैनन्, गरिबगुरुवाको पक्षमा लड्छन्, त्यस्ता मनुखे मात्रै कम्निस्ट हुन्छन् भन्थे । आपूmले त्यही सिकियो र त्यही गरियो । धेरैजसो कम्निस्ट नामका हुँदा रहेछन्, कामका हुँदा रहेनछन् । हुन त माक्र्स बुढाले आफ्नै पालामा कम्निस्ट दुईथरी हुन्छन् है भन्थे । हाम्रो पालमा आइपुग्दा त…के भन्नु र खै, बाफरे बाफरे बाफरे कति हुन् कति । जो जे भए पनि आपूm चैँ खाँटी नै परियो है । हुन त मजस्ता कम्निस्टलाई अहिलेको जमानामा लुतेलाम्रे, हुतिहारा, जड्शूत्रे, काम नलाग्ने विचार बोकेको भन्दा रहेछन् । भने पनि भनुन् । शत्रुको पुच्छर समाएर पत्रु बन्नु छैन मलाई । गरिबगुरुवा मनुखेलाई ठगेर, ढाँटेर, तिगडम गरेर, छलछाम गरेर उनका खुनपसिना डकारेर आपूmलाई कम्निस्ट बन्नु पनि छैन ।
जनयुद्धमा देश बदल्ने, समाज बदल्ने, मनुखेको चैतन्य चोला र खोपडी बदल्ने भनेर हिँडियो । आपूmले कसैलाई केही पनि गरिएन । कसैलाई लुटिएन । ठगिएन । ढाँटिएन । अरूको के कुरा गर्नु, आफ्नै जागिर खोसिदिने शत्रुलाई समेत छिसिक्क छुन पनि गइएन । किनकि त्यो मनुखे पनि गरिब वर्गकै थियो । गाउँका जिम्दारको तलुवा चाट्ने भएकाले काङ्ग्रेस भा’थ्यो । भोली कुनै दिन हाम्रै वर्गमा आउला भनेर छोडियो । व्यक्तिगत रिसइवी साध्नका लागि जनयुद्ध लडिएको पनि थिएन । बरू उसले भन्दा ठूलो धोका र अपराध त आफ्नै पार्टीका माऊ नेताहरूले दिए । रगतले साटेका पैसामा मोजमस्ती पनि गरिएन । एकएक आना पैसाको हिसाव किताव चुस्तदुरुस्त राखेर आफ्नो जिम्माको काम पूरा गरियो । त्यही भएर पनि अहिले तितोटर्रो लेख्ने साहस भएको हो । यसलाई कसैले ब्यङ्ग्य भन्लान् । आपूmलाई भने सोझै जस्तो लाग्छ । जे होस् आपूmले देखेभोगेका कुरा आम पाठकसम्म पु¥याउने मञ्च दिएकोमा बर्गदृष्टि परिवार र सम्पादक ज्यूलाई विशेष धन्यावाद छ ।
सम्पादकज्यूले बेलाबखत मलाई सुनाउने गर्नुहुन्छ ‘यो झर्रोटर्रो लेख्ने कैलुब्राह को हो ? भनेर मलाई सोध्छन् ।’ अनि मैले भन्छु ‘तपाइँले के जबाफ दिनुहुन्छ त ?’ सम्पादक भन्नुहुन्छ ‘यो कुरा गोप्य राख्ने समझ्दारी भा’छ कैलुब्राहजीसित भनेर जबाफ दिन्छु ।’ यो कुरा सुन्दा मलाई उदेक लाग्छ । झर्रोटर्रोमा लेखेको कुरा ठिक छ कि छैन भनेर पो मन्थन गर्ने हो । यो लेख्ने मनुखे को हो भनेर खोतलखातल गर्न किन मन लाग्या होला ? पाठक पनि कस्ता झाम्रे हुन् । पाकेको फल खान छोडेर जरो कोट्याउन थाल्ने । हुन पनि हाम्रो देशका पाठक मनुखे उल्टा छन् । लेखक को हो भनेर मात्रै लेख पढ्ने र उसका विचार सुन्ने गर्छन् । आपूmलाई मन नपरेको लेखक छ या आपूm भन्दा कनिस्ट कोटीको छ भने उसले जति राम्रो विचार राखे पनि जति राम्रो लेखे पनि पहिला नै नाक खुम्च्याएर आँखा चिम्सा पारेर जिब्रो बटार्छन् । त्यो रोगले समातेर पो हो कि यो लेखकको हुलिया खोजेको भन्ने पनि सोँच्छु । म त्यस्तो घागडान वुद्धिजीवी, लेखक वा नेता केही पनि होइन । म क्रातिकारी माउवादीको एकजना कनिस्ट सिपाही हुँ । यति चाहीँ आज भन्चु ।
यो एक बर्समा सत्तामा बसेर भत्ता डकारेका विभिन्न पार्टीका जुका, उडुस, जुम्राका लिखा र ढाडीहरूका बारेमा लेखियो । सरकारी जागिर खाएर गरिबगुरुवाको हुर्मत लिने उपियाँहरूको बारेमा पनि लेखियो । तिनीहरूको आँद्राभुँडी खोतलेर तिनका भुँडिमा के छ भनेर यो देशका मनुखेलाई देखाइदिनुलाई मैले लेख्नुको उद्धेश्य बनाएको हुँ । म त्यो काम निरन्तर गरिरहन्छु । मैले लेखेको कुरा कतिलाई मन पर्ला कतिलाई नपर्ला त्योसँग मलाई कुनै सरोकार र चासो छैन । मलाई एउटा कुरामा भने दुःख लाग्छ । त्यो के भने यो एक बर्समा मैले जति लेखेँ त्यसको राम्रो या नराम्रो भनेर कसैले पनि प्रतिक्रिया लेखेन । लेख्न मन नलागेर नलेख्या हो कि राम्रो नराम्रो छुट्याउने गुदी नभएर नलेख्या होला ? मेरो आफ्नो फेसबुक छ, इमेल छ तर अहँ कतै पनि प्रतिक्रिया आउँदैन । राम्रो नराम्रो जे लाग्छ त्यो लेखे पनि मलाई खुराक त मिल्थ्यो । जे भए पनि मुलबाटोमा आएपछि लाइक र शेयर गर्ने पाठकहरू सबैलाई एकमुष्ट धन्यावाद दिँदै सलाम ठोक्छु ।
३ असार २०७४