नेपालगन्ज । नेपालगन्ज कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका एक कैदीले झुण्डिएर आत्महत्या गरेका छन् ।

जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका बाँके भवानियाँपुरका २७ वर्षीय अरविन्दकुमार बर्माले बिहीबार बिहान कारागारभित्रै झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ,

बर्माले बिहान करिब ५ बजेतिर प्लाष्टिकको डोरीको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीको भनाई छ । प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर