सन् २०१६ मा सबैभन्दा बढी कमाउनेको सूचीमा ३ बलिउड नायक

सन् २०१६ मा सबैभन्दा बढी कमाउनेको सूचीमा ३ बलिउड नायक

मुम्बई । फोब्र्स म्यागाजिनका अनुसार बलिउड नायक शाहरुख खान गत वर्षको सबैभन्दा बढी कमाई गर्ने सेलिब्रटीको सूचीमा परेका छन् ।

म्यागाजिनले संसारका सय भन्दा धेरै कमाई गर्ने सेलिब्रेटिको सूची बनाएको छ, जसमा भारतबाट शाहरुख खान, सलमान खान र अक्षय कुमार सामेल छन् ।

शाहरुखको कमाई सन् २०१६ मा कुल ३८ मिलियन डलर रहेको छ र उनी सूचीको ६५ औं स्थानमा रहेका छन् ।

यसैगरी सलमान खान ३७ मिलियन डलर कमाएर ७१ औं स्थानमा छन् भने अक्षय कुमारले गत वर्ष ३५.५ मिलियन डलर कमाएर ८० औं नम्बरमा रहेका छन् ।

गत वर्षको १ सय जनाको सूचीमा सामेल रहेका अमिताभ बच्चन भने यो वर्ष सूचीमा समेटिन असफल भएका छन् । संसारकै सबैभन्दा बढी कमाउने सेलिब्रेटिमा चर्चित र्‍यापर तथा संगीतकार सन कोम्ज रहेका छन् । ४७ वर्षीय कोम्जले गत वर्ष २०१६ मा कुल १३० मिलियन डलर कमाएका छन् ।