काठमाडौं । प्रहरीले छापा मारेर सामना परिवारका कलाकारहरुलाई पक्राउ गरेको छ । आइतबारराति बास बसेको अवस्थामा लाजिम्पाटबाट विप्लव नेतृत्वको नेकपा निकटका ८ कलाकारलाई पक्राउ गरेको हो ।
माथिको आदेश भन्दै प्रहरीले कलाकार बसेको घरमा छापा मारेर आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरी, दिवाकर, राहुल, राजन, प्रभात र राम मगरलाई गिरफ्तार गरेको थियो ।