सुरुङ्गा । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ ।
दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिएका छन् ।
विद्यालयबाट घर फर्किएलगत्तै उनको कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा राति शव फेला परेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताए ।
बालिकाको हत्या साँझमै भएको र अाफूहरूले ढिलागरी खबर थाहा पाएकाे उल्लेख गर्दै हत्यामा संलग्न भएको आशङ्कामा उनकै माइली दिदी १७ वर्षीया मञ्जु दाहालसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका उनले जनाएका छन ।
बुबा काम विशेषले बाहिर गएको र आमा पनि बजार गएको समयमा घरमा गङ्गा र उनकी दिदीमात्रै रहेको अवस्थामा बालिकाको हत्या भएको र आमा बजारबाट घर फर्किएपछि मात्रै अाफूहरूलार्इ थाहा भएकाे उनकाे भनार्इ छ ।
बालिका दमकको हिमालय माविमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।