काठमाडौं । काभ्रे जिल्लाको चौरी–देउराली गाउँपालिकामा स्थायी घरभई काठमाडौं आएर विभिन्न पेशा व्यवसाय गरिरहेकाहरुको एक भेलाले चौरी–देउराली गाउँपालिका–उपत्यका जनगणतान्त्रिक सम्र्पक मञ्च गठन गरेको छ । बिहीबार भएको उक्त भेलाले राजु ढकालको संयोजकत्वमा ४५ सदस्यीय सम्पर्क मञ्च गठन गरेको हो । कमिटिको सहसंयोजकमा चन्द्रबहादुर भुजेल, सचिवमा गोविन्द बहादुर श्रेष्ठ, कोषाध्यक्षमा मुकुन्द ढकाल चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा दिनेश लामा, सिताराम नेपाली, जगत श्रेष्ठ, राजकुमार भारती, राजन चौलागाईं, सरोज गिरी, शेरबहादुर प्रधान, कुलबहादुर प्रधानलगायत रहेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य दिनेश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा शर्मालगायत केन्द्रीय सदस्य बसन्त बोगटी, सम्पर्क मञ्चका केन्द्रीय संयोजक तथा पार्टी केस हरिकृष्ण गजुरेललगायतले बधाई मन्तव्य राखेका थिए ।
भेलाले सदस्यता वितरणलाई तीव्रता दिने, देशभक्त तथा जनगणतन्त्रका पक्षधर जनसमुदायलाई संगठित गर्ने लगायतका निर्णयहरु गरेको छ ।





























