काठमाडौं । आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस नेपालसहित विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्ध : रहिरहोस् अनन्त’ भन्ने तय गरिएको छ । प्रकृतिको सन्तुलनले मात्र मानव अस्तित्वको संरक्षण हुन सक्ने भन्दै यस वर्ष यो नारा तय गरिएको हो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिन्छ ।
प्रकृति, प्राकृतिक वातावरण, वन र जैविक विविधतालाई जोगाउन सकेमा मात्र वातावरणीय दुष्परिणाम, जलवायु परिवर्तनका नकारात्मक प्रभाव तथा विपद न्युनीकरण सकिने विज्ञहरुको भनाई छ ।
दिवसको अवसरमा शुमकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसंघले मानिस प्रकृतिको संरक्षक र भक्षक दुवै रहेकाले प्रकृतिको संरक्षण र प्रयोगबिच सन्तुलन मिलाएर वातावरणको संरक्षण गर्नु पर्नेमा जोड दिएको छ ।
प्रविधिको विकास, प्रकृतिमाथिको निर्भरतामा वृद्धि, मानवीय क्रियाकलाप तथा विकासका कामले पनि वातारण क्षयीकरणमा प्रभाव पारेकाले विश्व समुदाय एक भएर संरक्षण लाग्नु पर्ने राष्ट्रसंघको भनाई छ । राष्ट्रसंघले यो वर्षको दिवसलाई दीगो विकास लक्ष्य २०३० सँग जोडेर मनाएको छ ।