काठमाडौं । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधी रियल मड्रिडले जितेको छ ।
वेल्सको राजधानी कार्डिफमा भएको फाइनलमा इटालीयन क्लब युभेन्टसलाई ४–१ ले हराउँदै स्पेनको रियल मड्रिडले उपाधि जितेको हो ।
रियल मड्रिडलाई विजयी गराउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने क्यासेमिरो र मार्को एसेन्सीयोले एक–एक गोल गरे । युभेन्टसका लागि मारियो म्यान्जुकिजले एक गोल फर्काए ।
यो सँगै रियलले लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको उपाधि जितेको छ । युभेन्टस भने पछिल्ला तीन वर्षमा दोस्रो पटक फाइनलमा पुगेर पनि उपाधी जित्न सकेन ।
युरोपकै सर्वाधिक सफल टोली रियलको यो १२ औं च्याम्पियन्स लिग उपाधी हो । इटालीको एसी मिलानले ७ पटक च्याम्पिन्स लिगको उपाधी जितेको छ भने बार्सिलोनाले ५ पटक उपाधी जितेको छ ।