काठमाडौं । नेपालका प्रसिद्ध चिकित्सक डा.सन्दुक रुईत विश्वका एक सय दूरदृष्टि राख्ने व्यक्तिमा मनोनयनमा परेका छन् ।
विश्वका महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको नामबाट सञ्चालित अल्वर्ट आइन्सटाइन फाउन्डेशनले दूरदृष्टि राख्ने संसारका एक सय प्रमुख व्यक्ति मनोनयन गरेको हो ।
आइन्स्टाइनले प्रतिपादन गरेको सापेक्षतावाद सिद्धान्तको सय वर्ष पूरा भएको उपलक्ष्यमा आगामी पुस्ताका प्रतिभाशाली मस्तिष्कलाई प्रेरित गर्न फाउन्डेसनले यस्तो पहल गरेको हो ।
फाउन्डेसनले मनोनित व्यक्तित्वहरुले आफ्नो दूरदृष्टि परिकल्पना ‘त्रिआयाम’ मा प्रकाशित पुस्तकका माध्यमबाट विश्वभर सार्वजनिक गर्ने जनाएको छ ।
डा. रुइतले उक्त मनोनयनलाई स्वीकार गरेका छन् । फाउन्डेसनले डा. रुइतसँगसमेत सो पुस्तकका लागि २ सय ५० शब्दमा आफ्नो विचार प्रेषित गर्न आग्रह गरेको छ ।































