बर्षाले खेल रोकिएपछि अस्ट्रेलिया र न्यूजिल्यान्डलाई १–१ अंक

बर्षाले खेल रोकिएपछि अस्ट्रेलिया र न्यूजिल्यान्डलाई १–१ अंक

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलिया र न्यूजिल्याण्डले अंक बाँडेका छन् ।

शुक्रबार रातिको खेल वर्षाले प्रभावित भएपछि दुवै टोलीले अंक बाँडेका हुन् । वर्षा भएपछि ४६ ओभरमा छोट्याइएको खेलमा न्यूजिल्याण्डले २ सय ९१ रन बनाएको थियो ।

त्यसपछि पनि वर्षा भएपछि अस्ट्रेलियालाई जितका लागि ३३ ओभरमा २ सय ३५ रनको लक्ष्य दिइएको थियो ।

अस्ट्रेलियाले ९ ओभरमा ५३ रन जोड्ने क्रममा डेभिड वार्नर, एरोन फिन्च र मोइसेस हेनरिकेस जस्ता ब्याट्सम्यान गुमाइसकेको थियो ।

तर तेस्रो पटक वर्षाले खेल प्रभावित पारेपछि म्याच रेफ्रिले केही समय कुरेर खेललाई अनिर्णित घोषणा गरेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डका केन विलियम्सनले सतक बनाएको खेलमा लुक रोन्चीले ६५ तथा रोस टेलरले ४६ रन बनाएका थिए ।