पोखरा । बिषाक्त खाना खाँदा म्याग्दीमा २ जनाको मृत्यु भएको छ भने अन्य दुई जना विरामी परेका छन् ।
बिषक्त खाना खाँदा पात्ले खर्क, म्याग्दीकी सिना पुर्जा र उनकी छोरीको मृत्यु भएको छ भने र सँगै खाना खाएका उनका श्रीमान् र फुपु सिकिस्त विरामी छन् ।
सिकिस्त बिरामी भएका दुई जनाको पोखरास्थित सेवा अस्पतालमा उपचार भइरहेको छ । बिरामी दुवै जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले शुक्रबार राति खाना खाएर सुतेका दुई जनाको मृत्यु भएको र दुई सिकिस्त बिरामी भएको जानकारी दिएको छ ।































