चितवन । आइतबार भएको स्थानीय निकायको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ ।
बिहीबार साँझसम्म झण्डै २ हजार मतान्तरले पछि परेकी माओवादी केन्द्रकी रेणु दाहालले शुक्रबार बिहानसम्ममा झिनो मतान्तरले अग्रता बनाएकी छन् ।
पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ९८५ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी ज्ञवालीले ११ हजार ९०२ मत पाएका छन् ।
भरतपुरको मेयरमा कांग्रेसले रेणुलाई नै समर्थन गरेको छ । तर, सुरुवातदेखि नै देवी ज्ञवालीले अग्रता बनाएका थिए । भरतपुरको वडा नम्बर ६ को मतगणना सकिदा रेणुलाई अग्रता लिएकी हुन् ।






























