संसदको अधिवेशन अन्त्य, महाअभियोगसहित संविधान संशोधन विधेयक अलपत्र

संसदको अधिवेशन अन्त्य, महाअभियोगसहित संविधान संशोधन विधेयक अलपत्र

काठमाडौं । व्यवस्थापिका संसदको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु गर्ने तयारी गरेको हो ।

विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो ।

संसदको हिउँदे अधिवेशन अन्त्य भएसँगै प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोगको प्रस्ताव अन्यौलमा परेको छ ।

यसैगरी संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयक पनि अलपत्र परेको छ ।

संसद अधिवेशन अन्त्य भएसँगै महाअभियोग र संविधान संशोधन विधेयक अलपत्र पर्ने भएपछि सरकारले पनि संसद अधिवेशनलाई अन्त्य गरी त्यसबारे थप छलफल गर्ने तयारी गरेको बुझिएको छ ।