मान्छेले विषालु सर्पसँग पप्पी लिने कोशिस गर्दा…

मान्छेले विषालु सर्पसँग पप्पी लिने कोशिस गर्दा…

कुरा अमेरिकाको हो, जहाँ एक व्यक्ति सर्वसँग पप्पी लिने चक्करमा अस्पताल पुगेका छन् ।

सर्पसँग पप्पी लिने दुश्प्रयासमा उनको अनुहारमा सर्पले डसेको हो ।

फ्लोरिडाको पुटनम काउन्टीमा यो रेटलस्नेक भेटिएको थियो । रेटलस्नेक अमेरिकामा पाइन् निकै चलाख र विषालु सर्प हो ।

स्थानीय न्युज च्यानलको रिपोर्ट अनुसार रन रेनाल्ड नामका एक व्यक्ति सर्पसँग खेल्न सुरु गरेका थिए । सो क्रममा उनालाई सर्पले खतरा महसुस गरेर डस्न पुगेको थियो ।

उनलाई एयर एम्बुलेन्स मार्फत अस्पताल लगिएको थियो । उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ । स्थानीय न्युज च्यानल एक्सन न्युज ज्याक्सले सर्पसँग रमाइलो गरी पप्पी लिने क्रममा अनुहारमा नै डसेको जनाएको छ ।