प्रहरी महानिरीक्षक नियुक्तिबारे सिलवालको मुद्दा ७ न्यायाधीशको ‘बृहत् पूर्ण इजलास’ मा

प्रहरी महानिरीक्षक नियुक्तिबारे सिलवालको मुद्दा ७ न्यायाधीशको ‘बृहत् पूर्ण इजलास’ मा

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै सर्वोच्चमा मुद्दा दायर गरेका डीआईजी नवराज सिलवालको मुद्दाको सुनुवाई ७ न्यायधीसको वृहत इजलासमा सुनुवाई हुने भएको छ ।

सिलवालको मुद्दाको छिनोफानोका लागि प्रधानन्यायधीस सुशीला कार्कीले ७ न्यायधीसको ‘बृहत पूर्ण इजलास’ तोकेकी हुन् ।

वृहत पूर्ण इजलासमा ७ न्यायाधीशहरु देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीले सिलवालको मुद्दाको टुंगो लगाउनेछन् ।

विहीबारको यो इजलासले सिलवालद्वारा दायर गरिएको रिटका साथै आइजीपी प्रकाश अर्यालले सिलवालविरुद्ध दायर गरेको रिटमाथि समेत एकैसाथ राखेर सुनुवाइ गर्नेभएको छ ।

आइजीपी नियुक्तिमा अन्याय भएको भन्दै सिलवालले मन्त्रिपरिषदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यसअघि वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिएकोमा त्यसको दुई दिनअघि नै प्रधान्यायाधीश कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि यो मुद्दा प्रभावित भएको थियो ।

तर सर्वोच्च अदालतमा नै परेको अर्को मुद्दाको सुनुवाई गर्दै संसदमा पेश भएको महाअभियोग अघि नबढाउन र कार्कीलाई सर्वोच्चमा हाँजिर भएर जिम्मेदवारी सम्हाल्न आदेश दिएपछि उनी पुनः सर्वोच्च फर्किएकी हुन् ।