तपाईंलाई के भने ? मलाई चाहिं यस्तो भने काठमाडौंका मतदाताहरुले

तपाईंलाई के भने ? मलाई चाहिं यस्तो भने काठमाडौंका मतदाताहरुले

काठमाडौं महानगरपालिकामा चुनाव प्रचार प्रसार अभियानमा जुट्दै गर्दा ती पलहरुलाई मेरो अनुभूतिमा यसरी राख्न सकिन्छ । देशकै मुटु र राजधानीकै मुटु मानिएका नयाँ बानेश्वर, शंखमूल, मिनभवन, बबरमहल र थापाथलीका मतदाताहरुसँगको भेटघाटमा वर्तमान राजनीति र व्यवस्थाप्रति ठूलो वितृष्णा र वैकल्पिक राजनीतिक शक्तिको खोजी गरेको पाइयो ।

खासगरी संसदवादी पार्टीहरु कांग्रेस, एमाले, माके र राप्रपाले पहिला पनि केही गरेनन् र अब पनि गर्दैनन् भन्ने जनताको निष्कर्ष रहेको देखियो । उनीहरु केवल आश्वासन बाँड्नका निम्ति मात्रै चुनाव आएको बेला हाम्रा घरदैलोमा आउने गर्दछन् । र, तपाईंहरु, तपाईंको पार्टी र मोर्चा ती पार्टीभन्दा के फरक छ ? भन्ने प्रश्न हामी प्रचार प्रसारमा जुट्नेहरुलाई पनि मतदाताहरुले गरेको पाइयो ।

ती प्रश्नहरुलाई हाम्रा उम्मेदवारहरुले संसदवादीहरुको भण्डाफोर गर्दै आफ्ना एजेण्डाहरु प्रभावकारी ढंगले राख्नुभयो । अर्को कुरा यतिबेला जनताले हाम्रो पार्टी र मोर्चालाई नजिकैबाट निहालीरहेको, बुझ्न चाहेको र यो पार्टीले के गर्छ भनेर हेरिरहेको देखिन्छ ।

यसरी यो चुनावी अभियानमा जुट्दै गर्दा मतदाताहरुले सामान्य किसिमका समस्याहरु राखेको देखिन्छ । तर ती समस्याहरु यो सहरमा बस्नेहरुका निमित्त भयानक समस्या बनेको देखियो । जस्तै, पानीको समस्या, धुलोधुवाको समस्या, ढलनिकासको समस्या, महंगी र कालोबजारीको समस्या । हेर्दाखेरी यी समस्या सामान्य लागे पनि आम मतदाताहरुलाई यी समस्याहरुले नराम्ररी पिरोलेका छन् ।
आफ्ना समस्याहरु राख्दै गर्दा मतदाताहरुले अमूल्य सुझावहरु पनि दिए ।

नबिग्रनुस्, विकास निर्माणका कामलाई अघि बढाउनुस्, दीगो विकासको योजना बनाउनुस्, देशको सार्वभौमिकताको रक्षाको निम्ति खरो रुपमा उत्रनुस्, भ्रष्टाचारीहरुलाई नाङ्गेझार पार्नुस् जस्ता सुझावहरु मतदाताहरुसँगको प्रत्यक्ष साक्षात्कारमा पाइयो । र, साथै उनीहरुले हामी तपाई र तपाईहरुले अगाडि सारेका एजेण्डाको पक्षमा छौं, तपाईहरु दृढताका साथ अगाडि बढ्नुस्, तपाईंहरुको साथमा हामी छौं भन्ने आश्वासन पनि दिएका छन् ।

जनताले दिएको सुझाव हाम्रो पार्टीले अगाडि सारेका एजेण्डाहरुसँग ठ्याक्कै मेल खाएको पाइयो । यसबाट पनि यो भन्न सकिन्छ कि समकालीन राजनीतिक पार्टीहरुमध्ये मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र यसको वैधानिक राजनीतिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल नै जनताले खोजेको वैकल्पिक राजनीतिक शक्ति हो । आम जनताबीचमा हामीले यसरी नै नियमित रुपमा जनतासँगको सम्बन्ध सुमधुर बनाउन सकियो र हाम्रा एजेण्डाहरु जनताले बुझ्ने भाषामा जनतामाझमा पु¥याउन सकियो भने यो पार्टी र मोर्चा नै जनताको पहिलो रोजाइ बन्न सक्छ भन्ने मतदातासँगको छोटो साक्षात्कारबाट अनुभूति भयो ।