झर्रोटर्रो : पार्टी एकता – जिन्दावाद !

झर्रोटर्रो : पार्टी एकता – जिन्दावाद !

जनयुद्धका बेला निर्माण भएको सुप्रिमोपथ यतिबेला सुप्रिमोविचार बनेर समृद्ध भएको छ । जनयुद्ध माथि माथि उक्लन थालेका बेला २०५७ माघमा मिस्टर सुप्रिमोपथ निर्माण भएको हो । २०६५ मा आएर काजिसावको पार्टीसँग एकता गर्नेबेला सुप्रिमोपथले हावा खाएको थियो । काजिसावको नीति, योजना र विचार विपरित गरिएको जनयुद्ध र त्याहि जनयुद्धमा निर्माण भएको विचार भएकाले त्यसलाई खारेज गर्नु परेको थियो । नयाँ जनवाद ल्याउने उद्देश्य भएकाले जनयुद्धमा सुप्रिमोपथको निर्माण गर्नु परेको हो । लोकतन्त्रतिरको बाटो समाएपछि सुप्रिमोपथ छोड्ने कुरो सोह«ैआना मुनासिव थियो । यतिखेर लोकतन्त्र पनि परिपक्क भइसकेकाले अबको बाटो प्रजातन्त्र हुँदै राष्ट्रियता र समाजवादमा जानु पर्ने आवश्यकता भएकाले सुप्रिमोविचार निर्माण गर्नु परेको कुरा सुप्रिमोका एक जना भित्रिया सल्लाहकारले झर्रोटर्रोलाई बताए । यतिखेर मिस्टर सुप्रिमो र मिस्टर डेउडापतिको गहिरो लगनगाँठो कसिएकोले सरकार पनि बलियो भएको र दुबैको अन्तिम लक्ष्य राष्ट्रियता र समाजवाद भएकाले अब पार्टी पनि एउटै बनाउने गरी सहमति गर्नु आवश्यक भएको कुरा चारताारे दल र गोलघेरे दलमा चर्चा चल्न थालेको छ । दिनको सङ्केत विहानीले गर्छ भनेझैँ यी दुई पार्टी एकताको सन्देश दिन अहिलेको गाउँघरे चुनाउमा तालमेल गरिएको हो ।
अहिलेको युग एक्काइसौँ शताब्दीको युग भएकाले १९औँ शताब्दीमा निर्माण भएको माक्र्सवादलाई छेपाराले घोचो समाएझैँ समाउनु महामूर्खता हुन्छ । अझ त्यसमा लेनिनवाद र माओवादलाई समेत जोडेर लैजाने कुरा त झनै पागलपन नै हुन्छ । त्यहि भएर त गोरखाली डाक्टरसावले कम्युनिस्ट पार्टी नै परित्याग गरेर माक्र्सवादलाई समेत गोली मारेर हिँडे । अहिले उनी घोर जातिवादी र क्षेत्रवादी पार्टीसँग एकता गर्ने तयारीमा पुगेका हुन् । अहिलेको उत्तम विचार भनेको उत्तरवाद हो । उत्तरवादी अवधारणामा अहिलेको संसार चलेको छ । अब वर्ग सर्गको कुरा गर्नु पुरातन र सनातनी कुरा हुन्छ । संसरमा कुनै पनि मण्डलको मनुवा जहाँ पनि जान सक्छ । कुनै छेकथुन र बारबन्देज छैन । हाम्रा मण्डलका त झन् संसरैभरी फैलिएका छन् । एनआरएनहरूको कत्रो जालो फैलिएको छ । गरिव गुरुवाहरूलाई पनि खाडी मुलुकमा जान कसैले छेकथुन गरेकै छैन् । झन् सरकारले फ्रि भिसा र फ्रि टिकेटको व्यवस्था मिलाएकै छ । उतै गएर खुरुखुरु रेमिट्यान्स पठाउन छोडेर यहाँ सर्वहार वर्ग भन्दै कम्युनिस्ट पार्टीमा लाग्ने उल्लुहरूको पछि लागेर देश बन्ने वाला छैन । त्यसैले अब वर्गको कुरा पनि समाप्त भइसकेको छ ।

अहिलेको संविधानले सिधै समाजवादमा जाने कुरा सुनिश्चित गरेकै छ । यो संविधानलाई चारतारे, सूर्यछाप, गोलघेरे, गाइछाप, नमस्कारे दल र सो सरह विचार भएका अन्य भुरेटाकुरे दलहरूले स्वीकारी सकेका छन् । जहाँसम्म मधेशवादीहरूको कुरा छ, उनीहरूको खास विरोध भनेको त आफ्नो भविश्यको ग्यारेण्टी नभएको र उता प्रभु महाराजको आदेश बमोजिम चल्नु पर्ने वाध्यताका कारण हो । संविधानको मूल स्पिृटमा त होइन क्यारे । माक्र्सवादले लागू गर्ने भनेको समाजवाद संविधानमै लेखिसकेपछि यो संविधान मान्ने दलहरूका विचमा एकता गर्ने कुरा पनि संविधान अनुकूल नै हुन्छ । हिजका दिनमा टाउको काट्न आदेश गर्ने र टाउको काटिमाग्ने डरले भुमिगत हुने दुबैथरी नेता एउटै सत्तामा बसेपछि वर्गको पनि अन्त्य भएको हो ।

मिस्टर सुप्रिमो जेपि बाबुका सच्चा चेला हुन् । यो कुरा उनले नै पटक पटक भन्ने गरेका पनि छन् । जेपि मर्नु भन्दा अगाडि सुप्रिमोलाई भनेका थिए रे ‘मिस्टर सुप्रिमो जी, शन्ति सम्झौतामा हस्तास्क्षर तपाइँ र मैले गरेका छौँ । म मरेपछि त्यसको विँडो थाम्ने जिम्मा तपाइँको हुनेछ । अरूको भर पर्न म सक्दैन ।’ त्यहि भएर सुप्रिमोले जेपि बाबुलाई सम्झँदा निकै भावुक हुने गर्छन् । जेपि बाबुको विँडो थाम्नकै लागि यतिखेर डेउडापति र सुप्रिमोका बिचमा चुनावी तालमेल गरिएको हो । जेपि बाबुले पार्टीका अरू नेताको भर विश्वास नगरेर नै जर्मन पलायन भएकी आफ्नी सुपुत्रीलाई उताको थर मेट्न लगाएर स्वदेश ल्याएर पार्टीका नेता र मन्त्री बनाए । अहिले मिस्टर सुप्रिमोले पनि जेपिकै अनुयायी भएकाले आफ्नी पुत्रीलाई चितवनको माहानगरपालिकामा मेयर बनाउनकै लागि चारतारे दलसँग चुनावी एकता गरेका हुन् । सुप्रिमो पुत्रीलाई मेयर बनाउनका लागि काठमाण्डौ, पोखरा र ललितपुरका तीनजना पार्टीका हस्तीले बलिदानी दिनु प¥यो । सबै कुराबाट चारतारे दल र सुप्रिमोको दल एकै भएपछि एकता गर्न किन आइतबार पर्खिनु प¥यो ।
चारतारे दल – जिन्दावाद ।
गोलघेरे दल – जिन्दावाद ।
मिस्टर सुप्रिमो – जिन्दावाद ।
जेपि बाबु – अमर रहुन् ।
सुप्रिमो पुत्रीले – जित्नै पर्छ ।
पार्टी कार्यकर्ताले बलिदान – दिनै पर्छ ।
२२ बैशाख २०७४

kailubraha73@gmail.com