काठमाडौं । “राष्ट्रघाती र प्रतिक्रियावादी दलका उमेद्वारहरूलाई हराऔं !, राष्ट्रवादी र क्रान्तिकारी शक्तिका उमेदवारहरूलाई बिजयी गराऔं !!” भन्ने मूल नाराका साथ नेकपा (एमाले) र देशभक्त गणतान्त्रिक मोर्चा, नेपालबीच बाग्लुङको तारागाउँपालिकामा चुनावी तालमेल भएको छ ।
बैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्बाचनमा प्रदेश ४, बागलुंग जिल्ला ताराखेला गाउँपालिकाको लागि नेकपा (क्रान्तिकारी माओबादी) को बैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) र नेकपा (एमाले) बीच स्थानीय तहमा चुनाबी तालमेल भएको जानकारी एक प्रेस वक्तव्यमार्फत् सार्वजनिक गरिएको छ ।
दुई दलबीच भएको चुनाबी तालमेलबाट ताराखोला गाउँ पालिकाको अध्यक्ष र उपाध्यक्ष तथा वडा नंबर १ र २ को वडा अध्यक्ष, दलित महिला सदस्य र अन्य सदस्यहरूमा सर्बसम्मतबाट गाउ पालिका अध्यक्षमा ऋृषिरीम रोका मगर, अर्गल, गाउ पालिका उपाध्यक्ष सन्जय श्रेष्ठ, हिल, गुस्मेली, वडा नम्बर १ अध्यक्ष जग बहादुर छन्त्याल, भुस्काट, अर्गल, वडा नं १ दलित महिला सदस्य खरीमाया (खीमा) बि. क., भुस्काट, वडा नं १ सदस्य (खुला तर्फ) गंगा प्रसाद गुरूङ, भुस्काट, वडा नं १ सदस्य (खुला तर्फ) नर बहादुर बि. क. भुस्काट, वडा नं १ सदस्य टेक बहादुर श्रीस मगर, माझखर्क, वडा नं २ अध्यक्ष अमृत बहादुर घर्ति मगर, अर्गल, वडा नं २ दलित महिला सदस्य श्रामति गीता दमाइ, अर्गल, सिले, वडा नं २ महिला सदस्य शारदा लापकोटा, अर्गल, सिले, वडा नं २ सदस्य डम्बर बहादुर छन्त्याल, अर्गल, डुहु, वडा नं २ सदस्य पदम बहादुर खत्री, अर्गल, राकाडालाई विजयी गराउन स्थानीय जनसमुदायमा अपील गरिएको छ ।






























