‘म चाहन्थे कि मेरो बच्चा छिटै मरोस्’

‘म चाहन्थे कि मेरो बच्चा छिटै मरोस्’

एजेन्सी । एशले टोपले जब साढे चार महिनाकी गर्भवती थिइन, तब उनलाई आफ्नो बच्चा जिउदो नरहने थाहा भयो ।

उनी त्यो क्षणलाई सम्झिन्छिन्, ‘मेरो त सारा संसार एक पटक डढ्यो ।’ सन् २०१३ मा उनी गर्भवती भएको समयमा डाक्टरले उनको पेटमा रहेको बच्चा ठीक तरिकाले विकास नभएको र बाँच्ने सम्भावना कम रहेको बताएका थिए ।

एशले उत्तरी आयरल्यान्डमा बस्थिन् । उनले गर्भपतन गराउन पनि पाउने थिइनन् । किनकी त्यहाँ गर्भपतन गैरकानुनी छ र आमाको ज्यान खतरामा रहेको वा शारीरिक र मानसिक अवस्था ठीक नभएको प्रमाणित भएपछि मात्रै गर्भपतन गर्न पाइन्छ ।

यो थाहा पाएपछि एशले तनावमा परेकी थिइन् । उनले भनिन्, ‘मलाई यस्तो समस्याको सामना गर्नुपर्छ भन्ने सोचेको पनि थिइन । मेरो बच्चा मर्नेवाला थियो तर मलाई त्यसबेलासम्म गर्भवती रहनुथियो, जबसम्म मेरो बच्चा मर्दैन ।

यातनाको यो क्रम १५ सातासम्म रह्यो । यी १५ सातामा एशलेको पेट बढिरहेको थियो र मानिसहरुले उनको हुनेवाला बच्चा छोरा हुन्छ कि छोरी भनेर सोधिरहन्थे । बच्चाले खुट्टा चलाउँन कि चलाउँदैन भन्ने पनि उनीहरुको प्रश्न हुन्थ्यो ।

एशले भन्छिन्, ‘सोच्नुहोस कस्तो हुन्छ होला, मलाई थाहा थियो कि यो बच्चा बच्दैन । बस म चाहन्थे कि यो कुनैै प्रकारले छिट्टै खत्तम होस् । यो मुस्किल थियो । मेरो मनको एक हिस्साले साच्दथ्यो कि मेरो बच्चा छिट्टै मरोस्, किनकी आखिरमा यही हुनुथियो ।’

अन्तिममा जब एशले १५ साताकी गर्भवती भएका बेला उनलाई दुखाई भयो र बच्चाको मुटुको धड्कन रोकियो । त्यसपछि एशले फेरि आमा बनिने, उनकी छोरी अहिले १ वर्षकी छन् ।

अब एशले र उनका पति गर्भ र गर्भपतनबारे नियम परिवर्तन होस् भन्ने चाहन्छन् । एशले भन्छिन्, ‘म यसकारण यो कुरा भनिरहेकी छु कि मानिसलाई आफ्नो दुःखको बारेमा बताउनाले नियममा परिवर्तन हुन सकोस् । मैले कस्तो समय गुजारेको छु भन्ने राम्रो अनुभव छ ।’

अहिले उनले आफ्नी छोरीसँगको बसाईसँगै पुरानो दुःख बिर्सिइसकेकी छन् । उनी उत्तरी आयरल्यान्डका नेताले यस्तो नियम परिवर्तन गरुन् भन्ने चाहन्छिन् ।