एजेन्सी । युगान्डामा अविवाहित युवती गर्भवती भएको खण्डमा उनलाई मर्नका लागि बिरानो टापुमा एक्लै छाड्ने सजाय दिइन्थ्यो ।
यसरी छाडिएकामध्ये बाँच्नेहरु निकै भाग्यशाली हुन्थे । यसरी बाँचेकी एक युवतीमा माउदा कितारागाबिर्बे हुन्, जो १२ वर्षको उमेरमा गर्भवती भएपछि उनलाई टापुमा छाडिएको थियो । सो टापुको नाम नै अकाम्पिन अर्थात ‘पनिशमेन्ट टापु’ भनिन्थ्यो ।
उनले सो टापुमा आफूले कैयौं रातदिनहरु खाना पानी बिना नै बिताएको र एक नाउमा राखेर आफूलाई सो टापुमा छाडिएको बताइन् । उनले भनिन्, ‘त्यहाँ धेरै चिसो थियो र म लगभग मर्ने अवस्थामा पुगिसकेकी थिए तर एक माछा मार्ने व्यक्ति त्यहाँ पुगे र मलाई आफ्नो घर लगे ।’
पहिले उनलाई आशंका थियो तर माछा मार्ने ति व्यक्तिले आफ्नी पत्नीसरह राख्ने बचन दिएपछि उनी त्यहाँ गएकी हुन् । उनी हाल सो पनिशमेन्ट ल्यान्डसँगै जोडिएको बुनयोन्सीदेखि नाउमा १० मिनेट दुरीमा रहेको गाउँ कांशुग्येरामा बस्छिन् ।
माउदाका नाती तथा टुर गाइड टाइसन नामवेसिगाले उनी रुकिगा भाषामा कुराकानी गर्न सक्ने बताए । त्यसबेला उनका झरिसकेका दाँत भएको अनुहारमा मुस्कान देखियो । उनी हाल ८० वर्षभन्दा बढी उमेरकी छन्, तर उनका परिवारले उनको उमेर १०६ वर्ष भएको बताएका छन् ।
बैकिगा समाजको परम्पराअनुसार युवती विवाहपछि मात्रै गर्भवती हुन सक्छन् । किनकी विवाहमा सो समाजमा ठूलो दाइजो लिने प्रचलन छ । अविवाहित गर्भवती युवतीको परिवारका लागि यो कुरा शर्मको कुरा मात्रै नभएर आर्थिक फाइदा छिन्ने रुपमा समेत हेर्ने गर्छन् ।
त्यसकारण मानिसहरु यस्ता युवतीलाई मर्नका लागि टापुमा छाडिदिने गर्दथे । यो १९ औं शताब्दीमा चलेको थियो । त्यसपछि यस्तो कार्य गैरकानुनी घोषित गरिएको थियो ।
यस क्रममा अधिकांश युवतीहरु पौडन जान्दैन थिए । यसकारण उनीहरुसँग दुई वटा मात्रै विकल्प रहन्थे– पानीमा पौडिएर ज्यान गुमाउनु या चिसो र भोकले मृत्युवरण गर्नु ।
युगान्डाको दोस्रो हिस्सा तथा हालको रुकुंगिरी जिल्लामा यस्ता युवतीलाई किसिजा फल्सबाट फालिदिने चलन थियो, त्यहाँबाट कोही पनि बच्न सक्दैनथिए ।
यो टापुमा युवतीसँग विवाह गर्नुको मतलब थियो, दाइजोबिना पत्नी पाउनु । जब माउदा माछा मार्ने व्यक्तिसँग गाउँ पुगिन् तब चर्चाको विषय बन्यो । अहिले भने यो क्षेत्र दशकौंदेखि पर्यटकको आकर्षणको केन्द्रको रुपमा रहेको छ ।
हाल उनको घरमा नियमित रुपमा पर्यटकहरु आउनेजाने गर्दछन् । तर सबैभन्दा दुःखद कुरा भनेको उनी पहिलो पटक गर्भवती भएको समयमा गरिएको कुटपिटका कारण गर्भ खेर गयो ।
उनले आफूलाई जुन सजाय भएको थियो, उनले ति महिलाहरुलाई कहिल्यै देखिनन् र केही समयपछि उनीहरुको मृत्युको खबर सुनिन् । उनका पतिको २००१ मा मृत्यु भयो । उनले भनिन्, ‘हाम्रा ६ बच्चा भए र उनीहरुको मृत्युको समयसम्म पनि यही घरमा बसे ।’