सिन्धुपाल्चोकमा फेरि बाढी र पहिरोको त्रास, पहिरोले पाँच घर पु¥यो

सिन्धुपाल्चोकमा फेरि बाढी र पहिरोको त्रास, पहिरोले पाँच घर पु¥यो

सिन्धुपाल्चोक । चीनको सीमामा अत्यधिक बर्षा भएपछि सिन्धुपाल्चोकको भोटेकोशीमा बाढी आएको छ । बाढीका कारण नदी आसपासका बासिन्दा त्रसित बनेका छन् भने अविरल वर्षाकै कारण शनिबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका झिरपुमा पहिरो जाँदा पाँच घरमा क्षति पुगेको छ । पहिरोकै कारण अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे तातोपानी सडकखण्ड अवरुद्ध भएको छ ।

शनिबार दिउँसो ४ बजेतिर झिरपुमा झरेको पहिरोले स्थानीय विशेष तामाङ, रोहित पौडेल, कुलबहादुर पौडेल, तीर्थबहादुर दमाई र श्यामबहादुर ठकुरीको घरमा क्षति पुगेको सिन्धुपाल्चोकका डिएसपी रवीन्द्र केसीले जानकारी दिएका छन् ।
पहिरोले कुनै मानवीय क्षति नभएपनि प्रतिघर पाँचदेखि २० लाखसम्म क्षति पुगेको अनुमान प्रहरीले गरेको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको डिएसपी केसीले बताए ।

अविरल वर्षापछि भोटेकोशीमा बाढी आउँदा खाडीचौर बजारमा तामाकोशी जलविद्युत आयोजना निर्माणका निम्ति बनाइएको अस्थायी पुलमा समेत क्षति पुगेको छ ।

सीमास्थित सशस्त्र प्रहरी बलका डिएसपी विमल डाँगीकाअनुसार सीमामा अबिरल वर्षाको कारण कोसी बढेर आएको हो । नदीले मर्मत गरिएका बाह्रबिसे तातोपानी सडकखण्ड भूभाग कटान गरेको छ ।
गत वर्षको बाढीले तहसनहस बनाएपछि आफ्नो थलोमा फर्किएका सीमागाउँ तातोपानी, चौकीडाँडाका बासिन्दा त्रसित बनेका छन् ।

२१ असार, ०७३मा चीनको खासा र कुतिको बीचमा रहेको छेपसाङमा अत्यधिक वर्षा भइ पहिरो लागेर कोसी थुनिएसँगै बाढी आएको थियो । बाढीले तातोपानी, लिपिङ बजारदेखि बाह्रबिसेसम्म ८२ घर बगाएको थियो भने, सीमाक्षेत्रदेखि बाह्रबिसे बजारसम्मका सडकखण्ड, आयोजना लगायतका करोडौंको संरचनामा पूर्णरुपमा क्षति पु¥याएको थियो ।