गोरखा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको तर्फबाट उम्मेदवार बनेका सबै उम्मेदवारहरुले चुनाव चिन्ह ‘क्यामेरा’ पाएका छन् । गोरखा जिल्ला अजिरकोट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तेज बहादुर गुरुङ (टल बहादुर), सिरान्चोक गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार छविलाल घले, पालुङटार नगरपालिकाका प्रमुख (मेयर) पदका उम्मेदवार रमेश रोका क्षेत्री र गण्डकी गाउँपालिकाका अध्यक्ष राम नेपालीले क्यामेरा चिन्ह पाएका छन् । उनीहरुलाई क्यामेरा चुनाव चिन्हमा मतदान गरी (छाप लगाई) अत्याधिक मतले विजयी गराऔं भन्दै देजमो नेपाल गोरखाले जिल्लाबासीमा सार्वजनिक अपील समेत गरेको छ ।