२२ बैशाख, चितवन । केही समय देखि दैनिक ६ घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिङ सडकखण्ड बैशाख २५ गतेदेखि १० दिनसम्म चौबिसै घण्टा खुल्ला हुने भएको छ ।

बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै बैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म राजमार्ग खुल्ला गर्न लागिएको हो ।

नारायणगढ–मुग्लिङ सडकखण्ड बिस्तार भइरहेकाले हाल बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा बन्द हुँदै आएको छ ।

नारायणगढ–मुग्लिङ सडक आयोजनाले सार्बजनिक सूचना जारी बैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म चौबिसै घण्टा खुल्ला हुने सडक जानकारी दिएको हो ।

जेठ ४ गतेपछि भने पुनः बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर