काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताब फिर्ता लिन प्रधानमन्त्री प्रचण्डलाई अल्टिमेटम दिएको आधा घण्टा नपुग्दै प्रचण्डले अस्वीकार गरेका छन् ।

दिउसो करीब १ बजेबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल र प्रधानमन्त्रीबीचको वैठकमा ओलीले सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन प्रचण्डलाई आज ३ बजेसम्मको लागि अल्टिमेटम दिएका थिए ।

“मैले एक्लै त्यो निर्णय कहाँ लिन सक्छु र” प्रचण्डले ओलीसँग भने ।

आफ्नो उक्त प्रस्ताव प्रचण्डले ठाडै अस्वीकार गरेपछि ओलीले यो महाअभियोग प्रस्ताव संसदमा पेश गरी चाँडै टुंग्याउन प्रचण्डलाई आग्रह गरेका थिए । “यदि यो पनि मानिएन भने हामीले आजको संसद वैठक बस्न दिदैनौं,” एमालेका एक नेताले भने । 

प्रतिक्रिया

सम्बन्धित खवर