ललितपुर । नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङ पार्टीबाट निस्काशित भएका छन् ।

स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा आफू निकटकालाई मनोनयन दर्ता गर्न लगाएपछि उनी पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशनमा परेका हुन् ।

नेकपा माओवादी केन्द्रको ललितपुर जिल्ला समितिको बैठकले उनलाई पार्टीको नीति विपरित कार्य गरेको आरोपमा पार्टीबाट कारबाही गरेको हो ।

माओवादी केन्द्रको समानुपातिक सांसद समेत रहेका घिसिङलाई जिल्ला पार्टीले कारबाही गरेपनि उनको सांसद पद के हुन्छ भन्ने बारेमा टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर