एप्पलको आइफोन एटमा यस्तो छ फिचर हेर्नुस्

एप्पलको आइफोन एटमा यस्तो छ फिचर हेर्नुस्

एप्पलको आगामी आइफोन एटलाई लिएर चर्चा तथा अड्कलबाजीहरु जारी छन् । यस्तै चर्चा, परिचर्चा तथा अड्कलबाजीहरुमध्ये एप्पलका विश्वस्त सूत्रहरुको हवाला दिँदै विभिन्न अन्तराष्ट्रिय मिडियाहरुले आइफोनमा एटमा केही जबरजस्त फिचरहरु हुने दाबी गरिरहेका छन् । जुन यस्ता छन्ः

नयाँ बडी पुरै काचँकोः आइफोन एट डिजाइनमा आइफोन सेभेन तथा सेभेन प्लसभन्दा निकै फरक हुनेछ । आइफोन एटको पूरै बडी काँचको हुने बताइएको छ ।

कब्र्ड ओएलइडी डिस्प्लेः कतिपय रिपोर्ट अनुसार आइफोन एटमा ५ इन्चको फ्लेक्सिबल ओएलइडी डिस्प्ले हुनेछ । फ्रन्ट प्यानलमा २.५ डी ग्लास कोटिंग रहनेछ ।

क्यामेराः आइफोन एटमा विशेष डुअल क्यामरा हुनेछ जसले थ्री डी तस्वीर खिच्न सक्नेछ । एजी इनोटेकसँग मिलेर एप्पलले यो प्रविधिको विकास गरिरहेको छ ।

ए ११ प्रोसेसरः आइफोन एटमा एप्पलले आफ्नो सबैभन्दा तेज ए ११ प्रोसेसर लगाउनेछ । आइफोन एटको ब्याट्री लाइफ पनि उत्कृष्ट हुनेछ । साथै यसमा ३ गिगाबाइटको र्याम हुनेछ ।

थ्री डी प्रविधिः आइफोन एटमा थ्री डी सेन्सिंग प्रविधि हुनेछ । यसमा टच आइडी हुनेछैन । यसमा थ्री डी स्क्यानिंगवाला फेसल रिकग्निसन टेक्नोलोजीको प्रयोग गरिने बताइएको छ ।

मूल्यः विभिन्न फिचरले उक्त आइफोन एटको मूल्य चाहीँ १ हजार डलर भन्दा बढि पर्ने अनुमान गरिएको छ । उत्पादन लागतमा ५०÷६० प्रतिशतमा बढोत्तरी भएका कारण आइफोन एटको मूल्य चुलिने बताइएको छ ।

Screen embedded fingerprint sensor :आइफोन एटमा टच आइडीवाला होम बटन हुनेछैन । यसको साटो फंक्सन एरिया प्रयोग गर्नेछ, जससँग फिंगरप्रिन्ट सेन्सर रहनेछ ।

वायरलेस चार्जिंगः रिपोर्ट अनुसार एप्पलले वायरलेस चार्जिंगका लागि आवश्यक पार्टस् बनाउन चीनको एक कम्पनीसँग करार गरेको छ । एप्पलले आफ्नो आइफोन एटमा यस्तो चार्जिंग प्रविधि प्रयोग गर्न चाहन्छ, जुन अहिलेसम्म कुनैपनि व्यवसायिक स्मार्टफोनमा प्रयोग नगरिएको होस् ।

आइओएस ११ः पछिल्ला केही वर्षजस्तै एप्पलले आफ्नो आइओएस अपरेटिंग सिस्टमको नयाँ पुस्ता अर्थात् आइओएस ११ पेश गर्नेछ आइफोन एटसँगै । एजेन्सी