मे ३, अमेरिका । चर्चित गायिका आनी छोइङ डोल्मा अमेरिका आउने भएकी छन् । डीसीमा जुन २४ मा हुने ‘युनिटी एण्ड होप युएस टुर – २०१७’ नामक सांगीतिक कार्यक्रमका लागि आनी अमेरिका आउन लागेकी हुन् ।

सांस्कृति साँझ वासिंटन क्षेत्रमा स्थापित थ्रीई इन्टरटेनमेन्ट तथा तामाङ सोसाइटी अफ ग्रेटर वासिंटनको आयोजनामा हुन लागेको हो ।

सांस्कृतिक साँझमा आनीले उनका चर्चित गीतहरुको प्रस्तुति दिनेछिन् । आयोजकले आनीको प्रस्तुति विदेशी तथा नेपाली दुवै समुदायलाई लक्ष्य गरेर हुने जानकारी दिएको छ ।

यसका साथै आनीले लस एन्जलस, सन फ्रान्सिस्को, सियाटल, ओरेगन, बोस्टन तथा वासिंटन डिसीमा प्रस्तुति दिनेछिन् ।

नेपालमा संचालनमा रहेका आनीका परियोजनाहरु आरोग्य फाउन्डेसन, आर्य तारा पाठशालालगायतको सहयोगका लागि गरिएको आयोजनाले जनाएको छ ।

कार्यक्रममा गीतारमा न्हू बज्राचार्य, बासुरीमा रमण महर्जन तथा गितारमा गोपाल रसाईली रहने छन् ।

आनी छोइङ्गले गत वर्ष राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाएकी थिइन । उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको थियो । संयुक्त राष्ट्रसंघको महासभाको इतिहासमै पहिलोपटक आनीलाई उक्त अवसर
जुटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर