अधिकांश जिल्लामा उम्मेदवारी दर्ता गराए देजमोका उम्मेदवारहरुले(फोटो फिचरसहित)

अधिकांश जिल्लामा उम्मेदवारी दर्ता गराए देजमोका उम्मेदवारहरुले(फोटो फिचरसहित)

काठमाडौं । निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुले ३१ बैशाखका लागि घोषणा गरिएको पहिलो चरणको चुनाव हुने ३, ४ र ६ नं प्रदेशका अधिकांश जिल्लामा मंगलबार उम्मेदवारी दर्ता गराएको खबर प्राप्त भएको छ । देजमोका कार्यालय सचिव हरिकृष्ण गजुेलले दिएको प्रारम्भिक जानकारी अनुसार देजमोका उम्मेदवारहरुले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा लेखनाथ महानगरपालिकालगायत गाउँपालिका र नगरपालिका र वडाहरुमा उम्मेदवारी दर्ता गराएका छन् ।

कहाँ कहाँ क–कसले दर्ता गराए उम्मेदवारी ?

काठमाडौं
-काठमाडौं महानगरपालिका–मेयर– गोर्की प्रसाद श्रेष्ठ, उपमेयर–सावित्रा खरेल
-टोखा नगरपालिका– मेयर– केशर प्रधान, उपमेयर– रुपाकुमारी अधिकारी रिजाल, वडा नं. २ अध्यक्ष–मणिराज डंगोल, वडा नं. ३ अध्यक्ष आशाकाजी महर्जन, वडा नं. ५ अध्यक्ष रामशरण गिरी, वडा नं. ६ अध्यक्ष गोपाल बहादुर सार्की, वडा नं. ७ अध्यक्ष सुमित्रा न्यौपाने
-तार्केश्वर नगरपालिका– मेयर– बद्री चापागाईं, उपमेयर–रेखा रम्तेल बुढानिलकण्ठ नगरपालिका– मेयर– देवीप्रसाद अधिकारी, उपमेयर गोवद्र्धन बुढाथोकी
-गोकर्णेश्वर नगरपालिका– मेयर– ढोगप्रसाद अधिकारी
-कीर्तिपुर नगरपालिका–मेयर–शारदा महत, उपमेयर–रमेश महर्जन
-कागेश्वरी मनोहरा नगरपालिका– मेयर– नवराज ढकाल, उपमेयर– दिनेश फुयाल, बाँकी नगरपालिकामा उम्मेदवार घोषणा हुन बाँकी रहेको छ ।

ललितपुर

-ललितपुर महानगरपालिका–मेयर–विजय खड्गी, उपमेयर– इन्दिरा अधिकारी
-गोदावरी नगरपालिका–मेयर– श्याम केसी, वडा नं. ५ अध्यक्ष रोमस श्रेष्ठ, वडा नं. १० अध्यक्ष जगदिश्वर महर्जन, वडा नं. १३ अध्यक्ष इश्वर विष्ट
-महालक्ष्मी नगरपालिका– मेयर– अर्जुनलाल श्रेष्ठ, उपमेयर–बसन्त कुमार श्रेष्ठ, वडा नं. अध्यक्ष गंगाबहादुर महर्जन, १० नं. वडा अध्यक्ष सुरेन्द्र तामाङ, ६ नं. शैलेन्द्र महर्जन, वडा सदस्यहरु– वडा नं. ८ –पुष्पराज राजथला, प्रकाश श्रेष्ठ, वडा नं. १० –मैते तामाङ, रामचन्द्र विष्ट, कुमार तामाङ, बसुन तामाङ, विसुन तामाङ, वडा नं ६ – निरज महर्जन, राम महर्जन, अमृत महर्जन, रमिला महर्जन

भक्तपुर

-भक्तपुर नागरपालिका–मेयर विष्णुप्रसाद न्हिसुतु, वडा नं. ६ अध्यक्ष कृष्ण प्रसाद घेमसु, वडा नं. ५ अध्यक्ष बलराम लोहला, वडा नं. ९ अध्यक्ष रामहरि गणेजु, वडा नं. १० सदस्यमा मोहन हेङगजु
-सूर्यविनायक नगरपालिका– वडा नं. ८ सदस्य राजकुमार लोहला,

चितवन

-भरतपुर महानगरपालिका–मेयर–अम्बिका मुड्भरी, उपमेयर–बाबुराम प्यासी परियार
-राप्ती नगरपालिका–मेयर– कुमार थापा, उपमेयर– गायत्री पनेरु
-खैरहनी नगरपालिका–मेयर–चुँडामणि दर्जी
-रत्ननगर नगरपालिका–उत्तम सिम्खडा, उपमेयर विन्दा कार्की
-माडी नगरपालिका–मेयर–चन्द्रप्रसाद सुवेदी, उपमेयर–सावित्री पौडेल

कास्की

-पोखरा लेखनाथ महानगरपालिका– मेयर– भीमबहादुर श्रीस, उपमेयर कल्पना थापा, वडा नं. ९ अध्यक्ष लक्ष्मी अधिकारी, वडा नं. १४ अध्यक्ष देवी थापा, सदस्य कुमारी लोचमान, वडा नं. १५ सदस्य इन्द्र बहादुर गुरुङ, वडा नं. २६ अध्यक्ष तिलकप्रसाद बराल, सदस्य श्रीधन राई

तनहुँ

-ब्यास नगरपालिका मेयर नेत्र रानाभाट, व्यास–३ वडा सदस्यमा रामलाल श्रेष्ठ, व्यास–१४ मा वडाध्यक्ष लेख बहादुर आले,
-बन्दिपुर गाउपालिका प्रमुखमा सुन्दरलाल श्रेष्ठ, उपप्रमुखमा गजेन्द्र भट्टराई, बन्दिपुर–१ मा वडाध्यक्ष नारायण थापा मगर, बन्दिपुर–४ मा वडाध्यक्ष खेम बहादुर थापा, बन्दिपुर–५ वडाध्यक्षमा मानकाजी गुरुड.,
-भानु नगर प्रमुखमा लक्ष्मी मल्ल,
-शुक्लागण्डकी नगर प्रमुखमा जीत महत, शुक्लागण्डकी–ं८ वडाध्यक्षमा केशब भट्टराई, शुक्लागण्डकी–ं९ वडाध्यक्षमा राम बहादुर नेपाली

दैलेख

 -दुल्लु नगरपालिका– मेयर– विरेन्द्र सिंह, उपमेयर– चन्द्रकला शाही
-चामुण्डा विन्द्रासैनी नगरपालिका–मेयर–दीर्घबहादुर शाही, उपमेयर– कमला चन्द,
-नारायण नगरपालिका–मेयर– रामबहादुर नेपाली,
-ढुंगेश्वर गाउँपालिका–प्रमुख–धर्मेन्द्र ज्ञावाली, उपप्रमुख– जगत भट्ट,
-बेस्तडा गाउँपालिका–प्रमुख–बालकुमारी खड्का
-भैरवी गाउँपालिका प्रमुख–ललित सुनार, उपप्रमुख प्रमिला वि.क.
-आठविस नगरपालिका मेयरमा शेरबहादुर शाही, उपमेयरमा हरि नेपाली
-ढाँटीकाँध गाउपालिका प्रमुखमा इन्द्र गौतम, उपप्रमुखमा कमला शाही

मकवानपुर

-हेटौडा उपमहानगरपालिका मेयर– सतार अन्सारी

सिन्धुली

-कमलामाई नगरपालिका मेयरमा सुबास रायमाझी, उपमेयरमा सुनिता बुढाथोकी

नुवाकोट

-सूर्यगढी गाउँपालिका प्रमुख–राजन लामिछाने, वडा नं. ३ अध्यक्षमा चेतनाथ न्यौपाने
-ककनी गाउँपालिका प्रमुखमा धनबहादुर लामा

धादिङ

-निलकण्ठ नगरपालिका उपमेयरमा इश्वरी अधिकारी

जुम्ला

-तिला गाउँपालिका– वडा नं. ४ अध्यक्षमा अमरसिंह नेपाली
-तातापानी गाउँपालिका–वडा नं. ७ अध्यक्षमा कालीबहादुर रावत

पर्वत

-कुस्मा नगरपालिका मेयरमा तेजेन्द्र पौडेल

काभ्रे

-बनेपा नगरपालिका मेयरमा जीवन मगराती, उपमेयरमा रौरभराज कायस्थ, वढा नं २ अध्यक्षमा टंकप्रसाद घिमिरे
-पनौती नगरपालिका मेयरमा शम्भु के. राउत
-पाँचखाल नगरपालिका मेयरमा श्यामकुमार वि.क., १ नं. वडा अध्यक्षमा हरिबहादुर तामाङ, सदस्य उजुरमान तामाङ, मिलन तामाङ र महिला सदस्य कुसुम तामाङ
-मण्डन देउपुर नगरपालिका मेयरमा लेखराज घिमिरे, वडा नं. १० अध्यक्षमा मिलन तामाङ
-नमोबुद्ध नगरपालिका मेयरमा जुञ्जमान तामाङ, वडा नं. ९ अध्यक्षमा ज्ञानबहादुर तामाङ
-तिमाल गाउँपालिका प्रमुखमा टेकबहादुर तामाङ
-रोशी गाउँपालिका प्रमुखमा ज्ञानदास लामा, वडा नं.४ अध्यक्षमा तेजबहादुर रानामगर,
-महाभारत गाउँपालिका प्रमुखमा संकल्प थिङ, उपप्रमुखमा तेलिमाया थिङ
-झुम्लो गाउँपालिका प्रमुखमा होमराज माझी
-चौरी देउराली गाउँपालिका प्रमुखमा प्रेम तामाङ

रामेछाप

-रामेछाप नगरपालिका–मेयरमा भक्तराज थापा‘अपिल’
-सुनापति गाउँपालिका प्रमुखमा फुर्नाम्गेल मोक्तान, वडा नं ५ अध्यक्षमा काजीबाबु खड्का, ४ मा कर्ण सिंह, २ मा खड्गबहादुर मगर, वडासदस्यहरुमा ५ मा शेरबहादुर तामाङ, लोकबहादुर दर्लामी, महिला सदस्य शान्ता स्माली, ४ मा गोपी तामाङ, महिला सदस्य पटनमाया मगर

लमजुङ

-राइनाथ नगरपालिका– मेयर– सुरेश न्यौपाने

गोरखा

-अजिरकोट गाउँपालिका प्रमुखमा तेज बहादुर गुरुङ
-सिरान्चोक गाउँपालिका प्रमुखमा छवि लाल घले
-गण्डकी गाउँपालिका प्रमुखमा राम नेपाली ।
-पालुङटार नगरपालिका प्रमुख (मेयर)मा रमेश रोक्का क्षेत्री

बाग्लुङ

-तारा गाउँपालिका प्रमुखमा ऋषिराम रोका, वडा नं. १ अध्यक्षमा जगबहादुर छन्त्याल, २ नं वडा अध्यक्षमा अमृत घर्तीमगर

बाँकी रहेका जिल्लाका नपा, गापा र वडाहरुको विवरण प्राप्त भइसकेको छैन ।