१. विषय प्रवेशः
पुँजीवादी वर्गको राज्यसत्ता तथा पुँजीपतिवर्गको शोषण, दमन, अन्याय र अत्याचारका विरुद्ध सर्वहारा श्रमिक वर्गले आफ्नो वर्गको अधिकारका निमित्त विश्वमा ठूला–ठूला संघर्षहरु गर्दै आएका छन् । विविध संघर्षहरु मध्ये चार्टिस्ट आन्दोलन, पेरिसको मजदुर विद्रोहद्वारा पँुजीवादी राज्यसत्ताको कब्जा, अमेरिकाको सिकागोको मजदुर विद्रोह, रुसको मजदुर विद्रोह र सत्ता कब्जा, चीनको चार मई आन्दोलन वास्तवमा युगौ युगसम्म प्रस्ताव पारिराख्ने आन्दोलनहरु हुन् । बेलायतको एउटा पाउरोटी कारखानाका मजदुरहरुले विश्वमा सबैभन्दा पहिले संगठित रुपमा उठान गरेको श्रमिक आन्दोलनले वास्तवमा यतिबेला माक्र्सवाद–लेनिनवाद–माओवाद जस्तो वैज्ञानिक सिद्धान्तको प्रतिपादन गर्नका लागि आधार तयार पार्ने मात्र होइन, वर्ग संघर्षका ठूला–ठूला आँधीवेरीसँग खेल्दै बन्दुकको बलमा टिकेको राज्यसत्तालाई ध्वस्त बनाएर जनताको जनवादी तथा समाजवादी राज्यसत्ता निर्माण र विकास गर्न समेत सफल रह्यो । विश्वमा यतिबेला पनि विविध तवरबाट लडार्इं जारी छ । शासक वर्ग र शासित वर्गका वीचमा शोषक वर्ग र शोषित वर्गका बीचमा कहिले मन्द गतिमा त कहिले उत्कर्षका रुपमा सत्ताका लागि लडाई भैराखेको छन् । यतिबेलाको चर्चाको विषय भनेको आज भन्दा १३१ वर्ष अगाडि सन् १८८६ मई १ तारिखका दिनबाट अमेरिकाको सिकागो शहरमा कार्यगत मजदुहरुले आफ्नो वर्गको अधिकारका लागि जुनसुकै प्रकारको कुर्वानी गर्न परेपनि तयार भएर वर्ग संघर्षको उद्घोष गरेको दिनको हो । सिकागो शहरका श्रमिक वर्गको त्याग, वीरता, वलिदान र एकताबद्ध आन्दोलनले प्राप्त गरेको अधिकार आज पनि विश्वभरिका श्रमिक वर्गको निमित्त अत्यन्तै महत्वपूर्ण छन् । जसको स्मरण संघर्षको रुपमा गर्न वा मई १ लाई संघर्षको उत्सवका रुपमा मनाउन फेडरिक एगेल्सको उपस्थिति सन् १८८९ मा भएको अन्तर्राष्ट्रिय भेलाले गरेको निर्णय अनुरुप रहेक वर्ष सर्वहारा श्रमिक वर्गले मई १ लाई उत्सवका रुपमा विजयका रुपमा मनाउँदै आइरहेका छन् । यस वर्ष १२८ औं अन्तर्राष्ट्रिय मई दिवसका रुपमा मनाउन गैरहेका छन् ।
२. मई आन्दोलनको आवश्यकता
सामन्तवादी सत्ताको पतनसँगै पुँजीवादी सत्ताको उदय भै राखेको थियो । पुँजीवादी सत्तामा पुँजीपति वर्गको एकछत्र हाली मुहाली हुने नै भयो । चरम प्रकारको शोषणको कारण श्रमिक वर्ग एकपछि अर्को सर्वहारा वर्गमा परिणत हुदै गएको अवस्था थियो । शोषण र उत्पीडन मात्र होईन पुँजीपतिवर्ग र पुँजीवादी सत्ताको दमन यति चर्को थियो की वास्तवमा सर्वहारा श्रमिक वर्गको दैनिक जीवन अत्यन्तै कष्टकर थियो । कम भन्दा कम ज्यालामा दैनिक १६–१७ घण्टा सम्म कठीन प्रकारको श्रम गर्न श्रमिकहरु वाध्य थिए । एउटै क्वाटरमा सयौको सख्यामा बसोवार गर्नु पर्ने बाध्यताले फोहोर र साँघुरोका कारण रोग लाग्ने र उपचारको अभावमा मृत्युको मुखमा पुग्ने जस्ता समस्या दैनिक रुपमा झेल्न मजदुरहरु वाध्य थिए । शिक्षा हासिल गर्न जस्तो मौलिक अधिकारबाट मजदुरवर्गका छोरा–छोरीलाई पूर्णरुपमा वञ्चीत गराएका थिए । शरिरले आरा मगर्न पाउनु पर्ने शरीरिक आवश्यकताबाट समेत वञ्चित बन्नु परेको अवस्था थियो । यसबाट कसरी मुक्ति प्राप्त गर्ने भन्ने विषयमा श्रमिक वर्गका विचमा एक आपसमा सामान्य ढङ्गबाट छलफल नभएका होइनन् । साना–साना आन्दोलनहरु पनि नभएका होइनन् तर ती आन्दोलनहरुमाथि पुँजीपति वर्गको दमनका कारण श्रमिकहरुले श्रमबाट नै हात धुन पर्ने अवस्था मात्र होइन हत्या गर्ने सम्मका कामहरु खुलेआम रुपमा हुने गर्दथे । यसरी हेर्दा श्रमिक वर्गको जीवन अत्यन्तै कष्ठकर थियो ।
सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्र प्रकाशित भए पछि १८६४ मा गठन भएको पहिलो अन्तर्राष्ट्रिय कमिटीको गठनले अन्तर्राष्ट्रिय स्तरमा सर्वहारा वर्गमा परेको सकारात्मक प्रभाव, सन् १८७१ मा पेरिसका मजदुरहरुले गरेको विद्रोहले गरेको सत्ता कब्जा र कम्युनको गठन जस्ता महत्वपूर्ण कार्यहरुले विश्वभरिका मजदुरहरुलाई उत्साहित मात्र होइन आँट र हिम्मत पलाइ रहेको थियो । संगठीत रुपमा लड्ने सहास पैदा हुदै गएको थियो । ठीक यही अवस्थामा अमेरिकीको सिकागो शहरका मजदुरुहरुले १८८४ देखि नै संघर्षका निमित्त आफ्नो मागहरुलाई शुत्रवद्ध गर्दै थिए । कारखाना स्तरमा कतिपय संघर्ष चलाउदै पनि आएका थिए । एकताबद्ध भएर गरिएका कतिपय संघर्षहरुले मागहरु पुरा गर्न पूँजीपति वर्गलाई वाध्य पारेता पनि कयौं स्थानहरुमा मजदुरलाई कामबाट नै हात धुन वाध्य पारेका थिए । वर्ग संघर्षको यही उतारचढाबका विचबाट सिकागो शहरका मजदुरहरुले एउटा अठोटका साथ आफ्ना मागहरुलार्य आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन जस्ता अत्यन्तै महत्वपूर्ण र दुरगामी प्रभावपार्न सक्ने तीनवटा शुत्रमा शस्लेषण गर्न पुगे । जुन माग आम श्रमिक वर्गको मनछुने एउटा मुटुको धड्कन बन्न पुग्यो । उहाँहरुले सन् १८८६ मई १ तारिखबाट उक्त माग पुरा गराउन आम हड्तालको आयोजना गर्ने भन्ने निर्णय सार्वजनिक गरियो । उक्त मागको पक्षमा व्यापक मजदुरहरु गोलबद्ध हुन पुगे ।
पुँजीपति वर्ग तथा पुँजीवादी सत्ता मजदुर वर्गको एकता आन्दोलनप्रतिको निष्ठा देखेर भए भित र आतंकित बन्न पुग्यो । मजदुरहरुलाई दमन गर्न विविध प्रकारका योजना बनाउन थाल्यो । सबैभन्दा पहिले वुर्जुवा प्रचार सामाग्री मार्फत् ‘कम्युनिष्ट आतंककारीहरुलाई गोली, मजदुर नेताहरुलाई डोरी’ भन्ने जस्ता समाचारहरु व्यापक मात्रामा प्रचार गर्न लगाइयो । प्रचार शैलीको ढाँचा हेर्दा पहिलो कुरा आन्दोलन अगाडि बढाउनबाट आतंकित बनाएर पछि हटाउने र दोस्रो कुरा आन्दोलन अगाडि बढेमा व्यापक दमन मार्फत् वर्गसंघर्षलाई समाप्त बनाउने । वुर्जुवा पत्र–पत्रिकाहरुको प्रचार होस् या पुँजीपति वर्गको शोषण, दमन र आतंक, सर्वहारा मजदुर वर्ग कतिपनि आतंक र विचलित भएनन् । बरु सबै प्रकारका चुनौतिको सामना गर्दै अगाडि बढ्ने स्पातिला बन्दै गए । आफ्ना घोषित माग पुरा गराउन एक साथ आन्दोलनमा उत्रने आँट र हिम्मत गर्दै थिए ।
सन् १८८६ मई १ का दिन सिकागो शहरका कारखानामा कार्यरत सबै मजदुरहरु सडकमा उत्रिए । जसका कारण अमेरिकी सिकागो शहर मजदुरहरुको व्यापक उपस्थितिले विशाल जुलुश प्रदर्शन ग¥यो । त्यसको असर अमेरिकाको अन्य राज्य अथवा शहरमा कार्यरत मजदुरहरुलाई पनि प्रभाव पा¥यो र मई २ र ३ तारिखमा व्यापक वृद्धि भयो । सिगो अमेरिका ठप्प भयो, पँुजीपति वर्ग तथा पुँजीवादी सत्ता मजदुरहरुलाई धम्क्याउन पुँजीवादी पत्रिका मार्फत् काम नआउने मजदुरको निष्काशन गर्ने धम्कीदेखि आफ्ना जासुसहरुलाई परिचालन गरेर आन्दोलनलाई भड्काउने र दमन गर्ने वातावरणको खोजीमा थियो । ३ तारिखका दिन सिकागो शहरको हेमाकेर्टमा मजदूरहरुले आयोजना गरेको सभा भैरहँदा पुँजीवादी शासकका जासुसहरुले एउटा बम पड्काए । बमको छर्राले लागेर केही प्रहरीहरु र मजदूरहरु मारिए, केही घाइते भए । ४ तारिखका दिन सोही ठाउँमा भएको विरोध सभामा सत्ताले आक्रमण ग¥यो । १६ जना मजदुर नेताहरुलाई गिरफ्तार ग¥यो र केहीलाई आजीवन जेल, चार जना मजदूर नेतालाई फासिको सजाय सुनाएर झुण्डाएर हत्या ग¥यो । अमेरिकी पुँजीवादी सत्ताले सर्वहारा मजदूर वर्गको न्यायपूर्ण आवाजलाई दमन र हत्याद्वारा समाप्त गर्न चाहन्थ्यो तर दमन र हत्याको बदलामा न्यायपूर्ण आन्दोलनका पक्षमा अमेरिका मात्र होईन, विश्वका अन्य देशका मजदूरहरुले समेत आन्दोलनलाई विस्तार गर्दै लगे । जसका कारण अमेरिकी सत्ता आठ घण्टा कार्यदिन लागु गर्न बाध्य भयो ।
अमेरिकाको सिकागो शहरका मजदूरहरुले उठाएको न्यायपूर्ण माग तथा साहासिक आन्दोलन र वलिदानबाट प्राप्त अधिकारको रक्षा र विकासका खातिर १८८९ मा एगेल्सको नेतृत्वमा भएको अन्तर्राष्ट्रिय सम्मेलनले मई १ का दिन हरेक वर्ष विश्वभरिका मजदूरहरुले आफ्नो काम रोकेर संघर्षका रुपमा मनाउन आब्हान ग¥यो । सोही निर्णय अनुरुप विश्वका हरेक देशका मजदूरहरुले उत्सवका रुपमा मनाउदै छन् । मजदुर आन्दोलनको धक्काले प्राप्त गरेको आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको प्राप्त अधिकारको स्मरण गरिराको छ । फेरि पनि बुझ्न पर्ने विषय के हो भने मई आन्दोलनलाई स्मरण गर्नु, त्यसैको चर्चा गर्नु र मई आन्दोलनलाई निरन्तता दिनु भनेको आफ्नो वर्ग, वर्गीय पक्षधरता र वर्गीय मुक्तिका खातिर सर्वहारा वर्गलाई एकतावद्ध गर्नु, त्याग, वीरता र समर्पण भावका साथ वर्ग संघर्षलाई उत्कर्षमा पु¥याउनु हो । मई आन्दोलनको महत्व यसैमा छ ।
३. नेपालमा मई दिवस
युरोप र अमेरिका लगायतका मुलुकहरुमा चेतनाको विकास छिटो भएका कारण सामन्तवादका विरुद्धको संघर्ष घनिभूत तवरबाट अघि बढेको र पुँजीवादको विकास भयो । जसले गर्दा औद्योगिक मजदूरहरुको विकास भयो । दक्षिण एसिया आझ हाम्रो जस्तो देशमा लामो समयसम्म सामन्तवादी सत्ताले जरा गाडेर बस्यो । सामन्तवादलाई फालिसकेपछि पनि न त सत्ता सर्वहारा वर्गका हातमा गयो नत स्वतन्त्र तवरबाट अर्थतन्त्रको विकास गर्ने पुँजीवादीहरुको हातमा नै गयो । जसले गर्दा मजदूर वर्गको ठुलो उपस्थीति छैन । तर पनि नेपालमा कम्युनिष्ट पार्टीको स्थापना सँगै जतिबेला २००८ सालमा अखिल नेपाल ट्रेड युनियनको स्थापना भयो तबदेखि मई दिवसको कार्यक्रमलाई विविध रुपबाट मनाउदै आई रहेको छन् ।
पछिल्लो चरण खास गरी ट्रेड युयियन आन्दोलनभित्र जब सुधारवाद, अर्थवाद र ट्रेड युनियनवाद जस्ता नकारात्मक प्रवृत्तिले प्रवेश ग¥यो, तब मजदूर आन्दोलन पनि विभाजित हुन पुग्यो । एकातिर सामन्तवाद, पुँजीवाद, त्यसमा पनि दलाल पुँजीवादको दलाली गर्ने प्रवृतिले ट्रेड युनियन आन्दोलनमा टाउको उठायो भने अर्कोतिर क्रान्तिकारी आन्दोलनलाई जारी राख्दै आमूल परिवर्तनको पक्षमा टे«ड युनियन आन्दोलन थियो । दश वर्षको जनयुद्धका क्रममा हालको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ तत्कालिन अखिल नेपाल ट्रेड युनियन महासंघले आफ्ना नेता कार्यकर्ताहरुलाई आमुल परिवर्तनको आन्दोलनमा सहभागी गरायो । आफ्ना जायज माग पुरा गराउन मागपत्र बनाएर कथित आतंककारीको विल्ला भिराएर गिरफ्तार गर्ने, बेपत्ता बनाउने तथा हत्या गर्ने सामन्तवादी सत्ताका विरुद्ध मजदूरहरुले हतियार बोक्न र बमबारुद बोक्न पनि पछि परेनन् । यसै क्रममा महासंघका उपाध्यक्ष …. पौडेल महासचिव कृष्ण प्याकुरेल लगायत सयौं श्रमिक नेता कार्यकर्ताहरुले जीवनको आहुती दिए । कयौं आज पनि बेपत्ता अवस्थामा छन् । आफ्नो जीवनलाई जोखिममा पारेर पनि क्रान्तिलाई निरन्तरता दिए । दाङको ब्यारेक काण्ड पश्चात् स्वयम् सेनाका ब्यारेकमा राखिएका गाडीमा हतियार लोड गरेर जनमुक्ति सेनाका क्याम्पमा पु¥याउने काम यातायात मजदूरहरुले गरेका थिए । यही त्याग, वीरता र बलिदानको इतिहास नै नेपाली श्रमिक वर्गको वास्तविक रुपमा क्रान्तिकारी इतिहास हो । बम, बारुद्ध र हतियार सँग खेल्दै मई दिवस मनाउदा वास्तविक जीवनमा आनन्द मात्र होइन मई दिवसको क्रान्तिकारी परम्परालाई साच्चिकै व्यवहारिक रुपमा आत्मसाथ गरेको कुरा स्पष्ट रुपमा झुल्कन्थ्यो । त्यही क्रान्तिकारी परम्परालाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आत्मसाथ गरेको छ ।
४. अन्तमा
सन् १८८६ मई १ मा सिकागो शहरका मजदूरहरुले उठाएका आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन जस्ता विश्वभरिका मजदूरहरुको मनछुने जायज मागहरु पूरा गराउन सिकागोका कारखानामा कामगर्ने जुझारु मजदूर योद्धाहरु जस्ले आफूलाई फाँसिमा झुण्डाउदा पनि वर्ग दुश्मणको अगाडि झुकेनन्, रुस, चीन, भियतनाम, उत्तरी जर्मन, उत्तर कोरिया, भारत, नेपाल लगायतका क्रान्तिकारी मजदूर आन्दोलन तथा सर्वहारा वर्गीय आन्दोलनमा जीवनको वलिदान गर्ने महान योद्धा तथा बेपत्ता योद्धाहरुको त्याग, वीरता र वलिदानको उच्च सम्मान गर्दै वर्ग दुश्मणको राज्य सत्ता माथि धावा बोल्नु र धावा बोल्नका लागि तयारीमा जुट्नु आजको आवश्यकता हो । नेपालको सन्दर्भको कुरा गर्दा ट्रेड युनियनवाद, सुधारवाद, दक्षिणपन्थी संशोधनवाद, नवसंशोधनवादको तावेदारी गर्दै दलाल पुँजीपति वर्गसँग मिलेर ‘नो वर्क नो पे’ ‘नो हडताल’जस्ता घातक सम्झौतामा हस्ताक्षर गर्नेहरुको भण्डाफोर गर्नु यतिबेलाको ज्वलन्त आवश्यकता हो । यिनै विषयहरुलाई आत्मसाथ गर्दै १२८ औं अन्तर्राष्ट्रिय मई दिवसको स्मरण गरौं । नेपाली सर्वहारा वर्गीय श्रमिक वर्गको मुक्तिका खातिर सशस्त्र जनविद्रोहको तयारीका लागि अन्तरआत्मादेखि नै लागि परौं ! यही नै नेपाली मजदूर वर्गको प्राथामिकताको विषय हो ।