मई दिवस अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस संसारभरका श्रमजीवी जनताको महान र गौरवमय दिन हो । यस दिवसलाई प्रत्येक वर्ष मई १ तारिखका दिन मनाउने गरिन्छ । श्रमजीवी जनताहरुको एक्यबद्धताको अभिव्यक्ति स्वरुप रहेको यस महान दिवस पूँजीवादी शोषण तथा उत्पीडनको स्वरुप रहेको यस महान दिवस पूँजीवादी शोषण तथा उत्पीडनको विरुद्ध मजदुरवर्गको संघर्षको अग्निज्वालाबाट पैदा भएको थियो । उक्त दिवस सर्वप्रथम १८८६ को मई महिनामा अमेरिकाको सिकागो सहरमा भएको थियो । त्यसैले यस दिवसलाई विश्व सर्वहारावर्गको पक्षमा संयुक्त राज्य अमेरिकाको एउटा ठोस, महान दिनको रुपमा लिइएको छ । यस दिवसको उत्पत्ति कसरी भयो भन्ने विषयमा छोटकरीमा विचार गरौं ।
मई दिवसको स्रोत पूँजीवादी शोषणको विरुद्ध अमेरिकाका मजदुरहरुको त्यस्तो संघर्ष छ, जुन संघर्ष आठ घण्टा कार्यदिनको लागि आन्दोलनको रुपमा भएको थियो । सन् १८८४ बाट शुरु भएको उक्त आन्दोलन १८८६ मईसम्म आईपुग्दा निकै व्यापक रुप धारण ग¥यो । सन् १८८६ मा अमेरिकाका ठुला औद्योगिक सहरहरुमा न्यूयोर्क देखि सन फ्रान्सिसकोसम्म मजदूरहरुको जुलुस प्रदर्शन र हड्तालहरुको लहर नै फैलियो र सो व्यापक लहरमा संघर्षको मुख्य थलो सिकागो सहर रह्यो, जुन त्यसताका लडाकु मजदुर आन्दोलनको केन्द्र थियो । सो साल मईका दिवसमा हड्ताली मजदुरहरले शोषणको विरुद्ध अनेकौं मागहरु राखेर जुलुस प्रदर्शनहरु गरे । तिनको सबभन्दा प्रमुख माग थियो आठ घण्टा कामको दिन । मई १ तारिखका दिन सिकागोका मजदुरहरु कारखानाहरुमा काम गर्न छाडेर सडकमा भेला भए उक्त हड्ताल अन्य दिनहरुमा पनि चालु रह्यो । मई तीन तारिखका दिन शान्तिपूर्ण र संगठित ढंगबाट भएको विशाल मजदुर प्रदर्शनमा प्रहरीहरुले गोली चलाउँदा ६ जना मजदुरहरु मारिए ५० जना घाइते भए । शासक वर्गहरुको उपरोक्त पाशविक तथा घिनलाग्दो कार्वाहिको विरुद्ध भोलिपल्ट मई ४ तारिखका दिन मजदुरहरुले सिकागो सहरको मुख्य सडक हे मार्केट चोकमा विशाल आमसभा गरे । सो सभामा मजदुर नेताहरुले क्रुर प्रहरी दमनको घोर भत्र्सना र निन्दा गरे । आम मजदुरहरुलाई आफ्नो अडानमा अडिक रहन आबहान् गरे । सो संघर्षले मई ४ तारिखमा उपरोक्त चोकमा भएको आमसभामा गएर उच्चतम बिन्दु प्राप्त ग¥यो । सभा विर्सजन हुन लागेकै बेलामा एकजना दलाल उत्तेजकले एउटा बम फाल्दा कैयन प्रहरी र स्रोताहरुको हत्या भयो । प्रहरीहरुले बम हन्ने मानिसतिर हेर्दै हेरेनन्, बरु सो घटनालाई बहाना बनाएर उनीहरुले मजदुरहरुको भीडमा अन्धाधुन्ध गोली चलाएर रक्तपातपूर्ण घटना घटाए ।
सो घटनापछि मजदुरहरुको गिरफ्तारी गरियो र मजदुर आन्दोलनको विरुद्ध व्यापक अभियान चलाइयो । सिकागोका धेरैजना मजदुर नेताहरु समातिए । ती मध्ये प्रमुख नेताहरुमाथि मुद्दा चलाइयो । उनीहरुमाथि हत्याको अभियोग लगाएर घोर मजदुर विरोधी न्यायधीस रहेको अदालत गठन गरी सो मुद्दाको फैसला गर्न लगाइयो । उक्त अदालतबाट सातजनालाई फाँसीको सजाय र एकजनालाई १५ वर्ष कैदको सजाय गर्ने फैसला गरियो ।
उपरोक्त मुद्दा चलेको बेलामा मजदुर नेताहरुले जुन प्रकारको अपार साहस र प्रतिष्ठायुक्त अडानको प्रदर्शन गरे त्यसमा सर्वहारावर्गमा निहित क्रान्तिकारी गुणहरु अभिव्यक्त भए । उनीहरुले आफूमाथि लगाइएको अभियोगको फट्याइको पर्दाफास गर्नुका साथै प्रतिक्रियावादी सरकारद्धारा गरिएको रक्तपातपूर्ण दमनको तीब्र रोषका साथ निन्दा गरे । मजदुर नेताहरुले वीरतापूर्ण आफ्नो जीवनको आहुती दिए । पार्सन्स नाम गरेका एकजना मजदुर नेता, जो गिरफ्तार हुनबाट जोगिएका थिए, उनले आफै उपस्थित भएर आफ्ना कमरेडहरुको साथमा आफुलाई शहीद बनाए । त्यो सर्वहारा बलिदानी भावनाको एउटा गहकिलो अभिव्यक्ति थियो । फाँसीका सजाय पाएका स्पाइज नाम गरेका मजदुर नेताका आखिरी शब्दहरु यस प्रकारका थिए ः ‘यस्तो समयपनि आउने छ, जब हाम्रो मौनता हाम्रो शब्द भन्दाबढी स्पष्ट हुने छ ।’
अमेरिकाको सिकागो शहरको हे मार्केट चोकमा घटेको उक्त घटनाहरुले अमेरिकी मजदुरवर्गको राजनीतिक जागरणमा एउटा नयाँ चरणको संकेत ग¥यो, जुनकुरा पछि गएर आमहत्याका शिकार भएका सिकागोका मजदुरहरुसित एक्यबद्धता जनाउन भएका सभाप्रदर्शनहरुबाट स्पष्ट भयो । त्यसका साथै सिकागोका बहादुर मजदुरहरुको उक्त गौरवशाली संघर्ष र सो संघर्षबाट उत्पन्न दुःखद घटना मई दिवसको लागि मूल प्रेरक तत्व र सो दिवस मनाउने परम्पराको स्रोत बन्यो ।
१८८९ जुलाई ४ तारिखका दिन पेरिसमा मजदुरहरुको अन्तर्राष्ट्रिय समाजवादी महाधिवेशन भयो, जसमा २० मुलुकका समाजवादी पार्टीहरुका ३९० जति प्रतिनिधिहरुले माग लिएका थिए । दोस्रो इन्टरनेशनल (अन्तर्राष्ट्रिय मजदुर संगठन)को उक्त पेरिस महाधिवेशनले आठ घण्टा कामको दिन, बाल श्रममा रोक, जातीय भेदभाव विना पुरुष र महिलाहरुको समान कामको लागि समान ज्याला, बिनारोकटोक मजदुर संघहरु बनाउने स्वतन्त्रता आदि मजदुरवर्गका हितहरुसित सम्बन्धित महत्वपूर्ण मागहरु गर्नुका साथै एउटा अर्को महत्वपूर्ण प्रस्ताव पनि पारित ग¥यो । उक्त प्रस्तावमा विश्वभरका मजदुरलाई कस्तो आव्हान गरियो भने १८८६ मई महिनामा भएको सिकागो सहरमा मजदुरहरुको साहसिलो संघर्ष र त्यसबाट उत्पन्न दुःखद घटनाको सम्झनामा १८९० मई १ तारिखलाई मजदुर जनताको अन्तर्राष्ट्रिय एक्यबद्धता दिवसको रुपमा मनाइयोस, सो दिन सबै मूलुकहरुमा मजदुरहरुले जुलुल प्रर्दशन र सभाहरु गरुन, आठ घण्टा कार्यदिनको कानुनी व्यवस्था होस र मजदुरवर्गको स्थितिमा तत्कालिन सुधारका लागि माथि उल्लेखित अन्य मागहरु पुरा गरियोस् भनी आवाज उठाउन प्रस्ताव निम्न प्रकारको थियो ः
‘महाधिवेशन एउटा ठुलो अन्तर्राष्ट्रिय प्रदर्शनको संगठन गर्ने फैसला गर्दछ, जसले गर्दा सबै देशहरुमा र सबै सहरहरुमा एक निश्चित दिनमा श्रमिक जनताले सरकारी आधिकारीहरुसँग के माग गरुन भने कामको समय कम गरेर आठ घण्टा कार्यदिनलाई कानुनी घोषणा गरियोस् । त्यसका साथै त्यसदिन उनीहरुले महाधिवेशनका अन्य फैसलाहरुलाई पनि लागु गरियोस् भनी माग पेश गरुन । अमेरिकी मजदुर महासंघले ९ब्mभचष्अबल ँभमभचबतष्यल ीबदयगच० १८८८ डिसेम्बरमा भएको आफ्नो अधिवेशनमा १८९० मई १ तारिखको दिनलाई त्यस्तो प्रदर्शन दिवसको रुपमा मनाउने फैसला गरेको छ । विभिन्न मुलुकहरुका मजदुरहरुले आफ्नो मुलुकको स्थितिअनुसार उक्त प्रदर्शनको निश्चित रुपले संगठन गरुन’
त्यसरी मई दिवस मनाउने परम्पराको शुभारम्भ भयो त्यसको शुभारम्भ गर्ने प्रस्तावको सर्वोपरि महत्वलाई इंगित गरी एन्जेल्सेल १८८९ अगस्ट २७ तारिखमा पौल लार्फाजलाई लेख्नु भएको पत्रमा भन्नु भयो । ‘हाम्रो महाधिवेशनले हासिल गरेको सर्वोत्तम उपलब्धि त्यही थियो ।’
उक्त अन्तराष्ट्रिय समाजवादी महाधिवेशनको आव्हान अनुसार १८९० मई १ तारिखमा एकसाथ जुलुस प्रदर्शनहरको लागि तयारी हुन थाल्यो । उक्त दिन धेरैजसो युरोपेली मुलुकहरुका ठुलठुला सहरहरुका लाखौंलाख मजदुरहरु सडकमा उत्रै र अनेकौं सहरहरुका कारखानाहरुमा हड्ताल भए । स्पेन र बेलायतमा उक्त दिवस मई महिनाको पहिलो आइतबार मई ४ तारिखका दिन मनाइयो । (बेलायतमा अहिले पनि मईको पहिलो आइतबार मई दिवस मनाउने गरिन्छ ।) सो दिन भएका सबै प्रदर्शन र हड्तालहरुमा आठ घण्टा कामको दिनको मागलाई मुख्य मागको रुपमा उठाइयो । शासकवर्गको तर्फबाट एकसाथ भएका मजदुर कार्वाहीहरुलाई रोक्न भरमजदुर प्रयासहरु भए, अनेकौं स्थानहरुमा मजदूरहरु र सशस्त्र प्रहरीका बीच भिडन्तहरु भए । उदाहरणका लागि उत्तरी फ्रान्सको उपलक्षमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीहरुले गोली चलाउँदा ५० जना जतिलाई गोली लाग्यो र तिनमा १० जनाको तत्काल मृत्यु भयो । तर कठोर प्रहरी दमन हुँदाहुँदै, मजदुरहरुले त्यसदिन मई दिवसको गौरवशाली परम्परालाई स्थापित गरेर अन्तराष्ट्रिय सर्वहारा एक्यबद्धता दर्साए ।
१८९० मई १ तारिखमा मनाइएको अन्तर्राष्ट्रिय मजदुर दिवसको सम्बन्धमा एंजेल्सले सोही दिन लेख्नुभएको ‘कम्युनिष्ट घोषणापत्र’ को जर्मन संस्करणको भुमिकामा भन्नु भयो, ‘सबैदेशका मजदुरहरु हो, एक होऊँ । चालीस वर्ष पहिले पेरिस क्रान्ति, जसमा सर्वहारावर्ग आफ्नै माग लिएर मैदानमा उत्रेका थिए–त्यसको पूर्वकालमा हामीले संसारका सामु यो नारा घन्काउँदा त्यसको प्रत्युत्तरमा कुनै आवाज सुनिएन तर सेप्टेम्बर २८, १८६४ मा धेरैजसो पश्चिम युरेपेली देशहरुका चीरस्मरणीय अन्तर्राष्ट्रिय मजदुर संगठनभित्र एकजुट भए । हो इन्टरनेशनल नौ वर्षसम्म मात्र बाँच्यो । तर त्यसद्धारा सिर्जित सबै देशका सर्वहाराहरुको अनन्त एकता पहिले भन्दा पनि दरिलो भएको छ । यो वर्तमान स्वयं यस कुराको जिउँदो साक्षी हो । किनभने, आज यी पँक्तिहरु लेख्न बस्दा १८६६ मा इन्टरनेशनलको जेनेभा अधिवेशनद्धारा र फेरी १८८९ पेरिस मजदुर महाधिवेशनद्धारा घोषणा गरिएको आठ घण्टा कामको दिनकौ कानुनी व्यवस्था गर्ने माग र उद्देश्य लिएर एउटै सेनाको रुपमा, एउटै झण्डामुनि संगठित भई युरोपीयाली र अमेरिकी सर्वहारावर्ग आफ्ना जुझारु शक्तिहरुको समीक्षा गर्दैछ । आजको समारोहले सारा देशका पूँजीवादी जमिन्दारहरुमा कुन तथ्य छर्लङ्ग्याई दिनेछ भने सबै देशहरका मजदुरहरु आज साँच्चिकै एकताबद्ध छन् ।’
त्यस ढंगबाट विश्व सर्वहारावर्गको एउटा परम्परा एउटा गौरवशाली लडाकु सर्वहारा परम्पराको थालनी भयो । १८९० पछिदेखि प्रत्येक वर्ष मई १ तारिखमा सबै मुलुकहरुमा एकसाथ मजदुर कारवाही गर्ने र अन्तर्राष्ट्रिय मजदुर एक्यबद्धता (एकताबद्ध अन्तराष्ट्रिय सर्वहारा कारवाही द्धारा) जनाउने विचार फैलिएर बलियो भयो । अनि जति वर्षहरु बित्दै गए, त्यति बढी मुलुकहरुमा एक न एक रुपमा मई दिवस मनाउने गरियो । आज संसारमा कुनै पनि त्यस्तो मुलुक छैन जहाँ कुनै रुपबाट मई दिवस शोषण तथा उत्पीडनको विरुद्ध, श्रमजीवी नजताको हकहित तथा मुक्तिको लागि स्वतन्त्रता, जनवाद, समाजवाद तथा प्रगतिका लागि संघर्षमा एकताको आव्हान हो । मई दिवस अन्तराष्ट्रिय सर्वहारा वर्गको एउटा जुझारु परम्परा बनेको छ र अन्तराष्ट्रिय मजदुर दिवसको रुपमा यो विश्व सर्वहारावर्ग र जनगणनाको एउटा पर्व रहेको छ ।
संसारमा कुनै पनि त्यस्तो मुलुक छैन जहाँ कुनै रुपबाट मई दिवस नमानाइएको होस् । विश्वमा श्रमिक जनताको लागि मई दिवस शोषण तथा उत्पीडनको विरुद्ध, श्रमजीवी जनताको हकहित तथा मुक्तिको लागि स्वतन्त्रता, जनवाद, समाजवाद तथा प्रगतिका लागि संघर्षमा एकताको आब्हान हो । मई दिवस अन्तर्राष्ट्रिय सर्वहारा वर्गको एउता जझारु परम्परा बनेको छ र अन्तर्राष्ट्रिय मजदूर दिवसको रुपमा यो विश्व सर्वहारावर्ग र जनगणनाको एउटा पर्व रहेको छ ।






























