आज १२८ औं मई दिवस, क्रान्तिकारी ट्रेड यूनियन महासंघले देशका प्रमुख सहरमा एकसाथ मनाउँदै

आज १२८ औं मई दिवस, क्रान्तिकारी ट्रेड यूनियन महासंघले देशका प्रमुख सहरमा एकसाथ मनाउँदै

काठमाडौं । १२८ औं मई दिवसको अवसर पारेर आज नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले देशका प्रमुख सहरमा एकसाथ मनाउने तयारी गरेको छ । महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिनाले दिएको जानकारी अनुसार महासंघले काठमाडौं उपत्यकालगायत झापा, विराटनगर, उदयपुर, हेटौंडा, चितवन, बुटबल र दाङमा विभिन्न कार्यक्रम गरी मई दिवस मनाउँदैछ ।

उपत्यकामा भने महासंघले ललितपुरको कुपण्डोलमा एक कार्यक्रमका बीच भव्य रुपमा मजदुर दिवस मनाउने भएको छ ।

सन् १८८६ मई १ का दिन सिकागो शहरका कारखानामा कार्यरत सबै मजदुरहरु सडकमा उत्रिए । जसका कारण अमेरिकी सिकागो शहर मजदुरहरुको व्यापक उपस्थितिले विशाल जुलुश प्रदर्शन ग¥यो । त्यसको असर अमेरिकाको अन्य राज्य अथवा शहरमा कार्यरत मजदुरहरुलाई पनि प्रभाव पा¥यो र मई २ र ३ तारिखमा व्यापक वृद्धि भयो । सिगो अमेरिका ठप्प भयो, पँुजीपति वर्ग तथा पुँजीवादी सत्ता मजदुरहरुलाई धम्क्याउन पुँजीवादी पत्रिका मार्फत् काम नआउने मजदुरको निष्काशन गर्ने धम्कीदेखि आफ्ना जासुसहरुलाई परिचालन गरेर आन्दोलनलाई भड्काउने र दमन गर्ने वातावरणको खोजीमा थियो । ३ तारिखका दिन सिकागो शहरको हेमाकेर्टमा मजदूरहरुले आयोजना गरेको सभा भैरहँदा पुँजीवादी शासकका जासुसहरुले एउटा बम पड्काए । बमको छर्राले लागेर केही प्रहरीहरु र मजदूरहरु मारिए, केही घाइते भए । ४ तारिखका दिन सोही ठाउँमा भएको विरोध सभामा सत्ताले आक्रमण ग¥यो । १६ जना मजदुर नेताहरुलाई गिरफ्तार ग¥यो र केहीलाई आजीवन जेल, चार जना मजदूर नेतालाई फासिको सजाय सुनाएर झुण्डाएर हत्या ग¥यो । अमेरिकी पुँजीवादी सत्ताले सर्वहारा मजदूर वर्गको न्यायपूर्ण आवाजलाई दमन र हत्याद्वद्धारा समाप्त गर्न चाहन्थ्यो तर दमन र हत्याको बदलामा न्यायपूर्ण आन्दोलनका पक्षमा अमेरिका मात्र होईन, विश्वका अन्य देशका मजदूरहरुले समेत आन्दोलनलाई विस्तार गर्दै लगे । जसका कारण अमेरिकी सत्ता आठ घण्टा कार्यदिन लागु गर्न बाध्य भयो ।

अमेरिकाको सिकागो शहरका मजदूरहरुले उठाएको न्यायपूर्ण माग तथा साहासिक आन्दोलन र वलिदानबाट प्राप्त अधिकारको रक्षा र विकासका खातिर १८८९ मा एगेल्सको नेतृत्वमा भएको अन्तर्राष्ट्रिय सम्मेलनले मई १ का दिन हरेक वर्ष विश्वभरिका मजदूरहरुले आफ्नो काम रोकेर संघर्षका रुपमा मनाउन आब्हान ग¥यो । सोही निर्णय अनुरुप विश्वका हरेक देशका मजदूरहरुले उत्सवका रुपमा मनाउदै छन् । मजदुर आन्दोलनको धक्काले प्राप्त गरेको आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको प्राप्त अधिकारको स्मरण गरिराको छ ।