
काठमाडौं । कांग्रेस र माओवादी केन्द्रका १५१ संसदको हस्ताक्षरमा प्रधानन्यायधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव व्यवस्थापिका संसद सचिवालयमा दर्ता गरिएको छ ।
सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका एक चौथाई सांसदले कार्कीका विरुद्ध कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको, कार्यविधि कानुनको पालना नगरेको लगायतका आरोप लगाइएको छ । संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ (१) अनुसार संसद सचिवालयमा आइतबार अपरान्ह ४ बजे महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।
महाभियोग प्रस्ताव दर्ता गराउन कांग्रेसक नेता मीनबहादुर विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतलगायतका सांसदहरु संसद सचिवालय पुगेका थिए ।