चितवन । स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोगको नीतिसहित चुनावको तयारी गरिरहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुलाई घरदैलो गरिरहेको अवस्थामा अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको छ ।
चितवनको रत्ननगर नगरपालिकाको वडा नं ३ मा जनतासँग घरदैलो कार्यक्रम गरिरहेका मेयरका उम्मेदवार उत्तम सिंखडा, उपमेयरका उम्मेदवार विन्दा कार्की, वडा अध्यक्षका उम्मेदवार छविलाल सुनार, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार घननाथ सापकोटा, देजमो इलाका संयोजक प्रकाश खनाल लगायतलाई गिरफ्तार गरी प्रहरीले सौरहा स्थिति इलाका प्रहरी कार्यालयमा राखेको छ ।
आइतबार विहानबाट शान्तिपूर्ण रुपमा चुनावी प्रचारमाथि प्रहरीले गरेको हस्तक्षेप र अपहरण शैलीमा उम्मेदवारहरुको गिरफ्तारीलाई राज्य आतंकको संज्ञा दिंदै देजमो चिवतनले घटनाको घोर भत्र्सना गरेको छ ।