काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय तहको चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते दोस्रो चरणको चुनाव गर्ने निर्णय गरेको हो ।
यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावको मिति सारेर असार ९ गते पुर्याइएको थियो । असार ९ गते मुस्लिम समुदायको पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो ।
प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा स्थानीय तहको चुनाव हुनेछ । पहिलो चरणको चुनाव भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते सम्पन्न भएको थियो ।































