मुम्बई— भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडानावीससहित पाँच जना सवार एउटा हेलिकोप्टर दुर्घटनामा परेको छ । बिहीबार दिउँसो महाराष्ट्रकै लतपुरमा सो दुर्घटना भएको हो ।

उडिरहेको हेलिकोप्टर प्राविधिक सन्तुलन गुमाएर भुइँमा खसेको थियो । दुर्घटनाको विस्तृत कारण भने थाहा भइसकेको छैन । हेलिकोप्टरमा सावर सबै पाँच जना सकुसल छन् ।

मुख्यमन्त्री देवेन्द्रले दुर्घटनापछि ट्विट गर्दै आफूहरु खतरामुक्त रहेको जानकारी दिएका छन् । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर