गोरखा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल गोरखा जिल्ला समितिले ११ बैशाखमा बसेको जिल्लाको बैठकबाट निर्णय गरी जिल्लाका नगरपालिका र गाउँपालिकामा आसन्न चुनावका लागि उम्मेदवारहरुको नाम अन्तिम स्वीकृतिका लागि मोर्चाको केन्द्रीय कार्यालयमा सिफारिश पठाएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको विस्तारित बैठकले स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने निर्णय लिए अनुसार मोर्चाले उम्मेदवारहरुको सिफारिश गरेको हो ।
मोर्चाको केन्द्रीय कार्यालयमा अन्तिम स्वीकृतिका लागि सिफारिश गरिएका उम्मेदवारहरुमा गोरखा नपा प्रमुखमा अमृत राना, पालुङटार नपा प्रमुखमा भूमि नारायण मल्ल÷बालकृष्ण अच्छामी, अजिरकोट गाउँपालिका प्रमुखमा तेजबहादुर गुरुङ, सिरानचोक गाउँपालिका प्रमुखमा छविलाल घले, गण्डकी गाउँपालिका प्रमुखमा राम नेपाली, पालुङटार नपा ६ नं वडा प्रमुखमा रमेश रोका क्षेत्री र सिरानचोक गाउँपालिका ७ नं. वडा प्रमुखमा हरिबहादुर गुरुङको नाम सिफारिश गरिएको छ ।
मोर्चाका जिल्ला अध्यक्ष छविलाल घलेको हस्ताक्षरमा पठाइएको सिफारिश पत्रमा मोर्चाको केन्द्रीय कार्यालय बुद्धनगरलाई सम्बोधन गरिएको छ ।