‘मे डे’ लाई भव्य बनाउन क्रान्तिकारी ट्रेड युनियन महासंघले बनायो तयारी समिति

‘मे डे’ लाई भव्य बनाउन क्रान्तिकारी ट्रेड युनियन महासंघले बनायो तयारी समिति

काठमाडौं । बैशाख १८ मा पर्ने अन्तर्राष्ट्रिय मजदुर दिवसलाई भव्य रुपमा मनाउन नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले तयारी समिति बनाएको छ । १२८ औ अन्तराष्ट्रिय मइ दिवस (मजदुर दिवस) भव्य रुपले सफल बनाउन महासंघका संयोजक इश्वर तिमिल्सिनाको संयोजकत्वमा १५१ सदस्यीय तयारी समिति बनाएको छ ।

तयारी समितिमाका सदस्यहरुमा फुर्नाम्गेल मोक्तान, मोहनसिंह तामाङ (किरात÷मिथिला), बद्री चापागाईं, रामबहादुर बस्नेत, ठमानसिंह तामाङ, ठाकुर तिमल्सिना, मोहन पहाडी, रामप्रसाद पौडेल (कोचिला), कृष्ण कँडेल (तमुवान), केशव सुवेदी, राजु भूजेल (अवध), नरेन्द्र बन्जाडे (पश्चिम दाङ), छोटेलाल पटेल (भोजपुरा), कविन्द्र मोक्तान (यातायात), कुमार घतानी (अटो), महेश्वरप्रसाद चौधरी, विदुर चौलागाईं, देवी गौली, अर्जुनलाल श्रेष्ठ, तेज गुरुङ, उद्धब गुरुङ, दिनेश बर्तौंला, राम विन, गोविन्द रिजाल, सन्तोष वास्टाकोटी, रामशरण कार्की, अशोक शर्मा, भीम काफ्ले (झापा), महेन्द्र श्रेष्ठ (अटो रिक्सा), बालकृष्ण बुढाथोकी (झापा) लगायत रहेका छन् ।

दिवसलाई भव्य रुपमा मनाउन यस तयारी समितिले पर्चा बनाउने, पम्प्लेट बनाउने, नारा बनाउने आदि काम गर्ने महासंघका संयोजक तिमिल्सिनाले बताए । महासंघले उपत्यका लगायत मुलुकमा प्रमुख औद्योगिक सहरहरुमा विकेन्द्रित रुपमा मई दिवस मनाउने तयारी गरेको छ । नेपालका क्रान्तिकारी मजदुरहरुले प्रत्येक वर्ष मे डेका दिन अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउँदै आएका छन् ।