नयाँ वर्ष २०७४को हार्दिक शुभकामना !

नयाँ वर्ष २०७४को हार्दिक शुभकामना !

काठमाडौं । वर्गदृष्टि मिडिया प्रा.लि.का अध्यक्ष रामसिंह श्रीसले नयाँ वर्ष २०७४ सालको अवसरमा एक शुभकामना सन्देश जारी गर्नुभएको छ ।

शुभकामना सन्देशमा जनपक्षीय मिडियाको क्षेत्रमा यस प्रा.लि.बाट प्रकाशित अनलाइन न्यूज पोर्टल मूलबाटो डट कम र वर्गदृष्टि साप्ताहिक पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै यी मिडियाहरुमा प्रत्यक्ष÷परोक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।

साथै, रचनात्मक सुझाव, सल्लाह र सहयोगको निरन्तर अपेक्षा राख्दै आम पाठकवर्ग, विज्ञापनदाता, स्तम्भ लेखक, टिप्पणीकर्ता, र प्रा.लि.मा आवद्ध पत्रकार तथा कर्मचारीहरुको नयाँ वर्षको अवसरमा उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।